युएईविरुद्ध ज्ञानेन्द्र र शरदको अर्धशतक 

खरीबोट

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरुद्ध खेलिरहेको नेपालका ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकरले अर्ध शतक हानेका छन् ।

च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलमा नेपालले टस हरेर पहिला ब्याटिंग गरिरहेको छ । ओपनरका रुपमा आएका ज्ञानेन्द्र मल्लले नेपाललाई राम्रो सुरवात दिलाउदै ८३ बल खेलेर ५४ रन बनाउदै आउट भएका छन् । ज्ञानेन्द्रले आफ्नो इनिंगमा ६ चौका हानेका थिए ।

त्यस्तै अर्का ब्याट्सम्यान शरद भेस्वाकरले नटआउट ८१ रन बनाएका छन् ।  आफ्नो इनिंगमा भेस्वाकरले पाँचका हानेका थिए ।  नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ ।   

युएईविरुद्धको खेलमा नेपालका तर्फबाट पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेस्वाकर, बिनोद भण्डारी, सोमपाल कामि, मोहमद असिफ शेख, सन्दीप लामिछाने, दिलिप नाथ र ललित भण्डारी खेल्दै छन् ।  

डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन् ।

सम्बन्धित समाचार

यूएईविरुद्ध दोस्रो खेलमा पनि नेपाल पराजित 

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित भएको छ ।  यूएईले दिएको १९६ रनको लक्ष्य पछ्याउन नेपाल असफल भएपछि ६३ रनको हार बेहोरेको छ ।

युएईविरुद्धको दोस्रो खेलमा नेपालले बलिङ गर्दै, सोमपालले लिए सुरुवाती ४ विकेट

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको दोश्रो खेल सुरु भएको छ । आबुधाबीको सेख जायद खेलमैदानमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।  च्याम्पियनसिप अन्तर्गत गत बुधबार भएको

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल युएईसँग ७ विकेटले पराजित 

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्यलाई युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर २२५ रन

नेपालद्वारा युएईलाई २२२ रनको लक्ष्य (लाइभ भिडियो)

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा युएईलाई २२१ रनको लक्ष्य दिएको छ । आबुधावीको शेख जायेद रंगशालामा टस हरेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट