• २०८१ बैशाख ७ शुक्रबार

आधा दर्जन बैंक तथा फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाए

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लोपटक छ बैंक तथा फाइनान्स कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन गर्न अनुुमति दिएको छ । बोर्डले पछिल्लोपटक श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी,  सेन्ट्रल फाइनान्स, प्रुुडेन्सीयल इन्स्योरेन्स, साँग्रिला डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको हकप्रद सेयर निष्काशन गर्न अनुुमति दिएको हो ।

यसमध्ये गण्डकी विकास बैंकले भने यही पुस ७ गतेबाट हकप्रद सेयर निष्काशन खुल्ला गर्न लागेको छ । बोर्डका अनुसार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० बराबर आठ दशमलव तीनको अनुपातमा २८ करोड ६७ लाख २२ हजार पाँच सय ६२ रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुुसार राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुले न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्ने भएपछि फाइनान्सले बिक्री प्रवन्र्धक सिद्धार्थ क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २८ लाख ६७ हजार दुुई सय २५ दशमलव ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

यसैगरी सेन्ट्रल फाइनान्सले पनि २६ करोड तीन लाख ३१ हजार चार सय आठ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको छ । सो फाइनान्सले बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमार्फत दुुईबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २६ लाख तीन हजार तीन सय १४ कित्ता हकप्रद सेयरको लागि अनुुमति पाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुले न्युुनतम ८० करोड रुपैैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्ने भएपछि सेन्ट्रल फाइनान्स हकप्रदको प्रक्रियामा गएको हो । हाल चुक्ता पुँजी ५२ करोड ८६ लाख रुपैयाँ रहेको फाइनान्सको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुँजी ७९ करोड ३० लाख रुपैयाँ पुुग्ने छ । फाइनान्सले आव २०७३—०७४ मा नौ करोड रुपैयाँको हाराहारीमा खुुद मुनाफा कमाएको थियो ।

साँग्रिला डेभलपमेन्ट बैंकले पनि हाल कायम रहेको चुक्ता पुँजीको ८० प्रतिसतको अनुपातमा एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुुमति पाएको छ । बोर्डका अनुसार बैंकले १० बराबर आठको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड आठ लाख ६७ हजार सात सय ९८ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभुु क्यापिटल लिमिटेड रहेको छ ।

प्रुुुडेन्सीयल इन्स्योरन्स कम्पनीले पनि १२ करोड ८३ लाख चार हजार रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमति पाएको छ । कम्पनीले एक दशमलव शून्य दशमलव ३० को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको हो ।

हाल ४२ करोड ७६ लाख रुपैयाँको हाराहारीमा चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ५५ करोड ५९ लाख रुपैयाँ पुुग्नेछ । आर्थिक वर्ष २०७३—०७४ मा १७ करोड १३ लाख रुपेयाँको हाराहारीमा खुद मुनाफा कमाएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धककोरुपमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ग्रिन डेभलपमेन्ट बैंकको पनि एक बराबर चारको अनुपातमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर स्वीकृत भएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

गण्डकी विकास बैंकको पनि ४६ करोड नौ लाख ८१ हजार पाँच सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएकोमा सेयर निष्काशनको मिति समेत घोषणा गरिसकेको छ ।

बोर्डले उक्त बैंकलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी बिक्री प्रबन्धक प्रभुु क्यापिटल मार्फत चार बराबर एकको अनुुपातमा ४६ लाख नौ हजार आठ सय १५ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि स्वीकृति दिएको हो ।

बोर्डका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् साउन २ गतेदेखि मंसिर १८ गतेसम्म २१ वटा संस्थाले झण्डै ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै