जयरामघाटमा पूल बनेपछि खोटाङमा उपभोग्य वस्तुको मूल्य घटाइयो

खरीबोट

खोटाङ । सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ । 

खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको हो । 

निर्माण कार्य थालिएको नौ वषपछि जयरामघाटस्थित दूधकोशीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्यास, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, साबुनलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । पुल सञ्चालनमा आएपछि २४ थरिका दैनिक उपभोग्य वस्तुको मूल्य प्रतिकिलो रु पाँचदेखि रु १० सम्म घटाइएको छ । 

मूल्य घटाइएसँगै जिल्लामा रु एक हजार ७५० मा खरिद बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यास अहिले रु एक हजार ५०० मा पाइने भएको छ । सिधा यातायात शुरु भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएपछि उपभोक्तालाई सहज भएको छ । 

संघले उल्लेखित उपभोग्य दैनिक वस्तुलाई सोभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्न जिल्लाका व्यवसायीलाई सचेत गराएको छ । ठेकेदार कम्पनीको लापर्बाहीले सो पुल निर्माणमा ढिलाइ हुँदा छ वर्षसम्म दूधकोशीमा अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलिब्रिज राख्न थालिएको थियो । 

सम्बन्धित समाचार

खोटाङमा अवरुद्ध मोबाइल सेवा डेढ वर्षपछि शुरु

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ ।  रिपिटर टावरमा आएको खराबीका कारण २०७३ असोजदेखि अवरुद्ध मोबाइल सेवा मर्मतपछि आजबाट शुरु भएको हो ।  केपिलासगढी गाउँपालिका–१

दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग

खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् ।  दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय

जनप्रतिनिधिलाई एकै किसिमको लोगो र पोशाक

खोटाङ / जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ ।  पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८