• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ बिकास बैंकद्धारा बार्षिक साधारण सभा आव्हान

kharibot

काठमाडौ । मुक्तिनाथ बिकास बैंकले बार्षिक साधारण सभाको आव्हान गरेको छ । बैकले यही पुस १९ गते ११ औं बार्षिक साधारण सभाको आव्हान गरेको हो । सभाले पोखराको होटल ग्राण्डमा बार्षिक साधारण सभा गर्ने तयारी गरेको छ । 

सभाले हाल कायम रहेको चुक्ता पुंजी दुई अर्ब १५ करोड ९८ लाख दुई हजार सात सय ६४ रुपैयाँ मध्येबाट २० प्रतिसत अर्थात ४३ करोड १९ लाख ६० हजार पाँच सय ५३ रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने तयारी गरेको छ ।

यसबाहेक सभाले अधिकृत पुंजी बृद्धि गरी तीन अर्ब रुपैयाँ पुर्याउने तथा हाल कायम रहेको जारी तथा चुक्ता पुंजी दुई अर्ब १५ करोड ९० लाख ८२ हजार सात सय ६४ रुपैयाँलाई बृद्धि थरी दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार तीन सय १७ रुपैयाँ पुर्याउने तयारी गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै