• २०८१ बैशाख ४ मंगलबार

युएईविरुद्ध नेपालले टस हार्यो, पहिला व्याटिंग गर्दै 

kharibot

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । आबुधावीको शेख जायेद रंगशालामा हुने खेलमा नेपालले टस हारेको छ ।
युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

युएईविरुद्धको खेलमा नेपालका तर्फबाट पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेस्वाकर, बिनोद भण्डारी, सोम्पल कामि, सगर पुन, मोहमद असिफ शेख, कर्ण केसी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी खेल्दै छन् ।  

डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन् ।

करिब एक महिनाको प्रशिक्षण पछि युएई पुगेको नेपाली टिमको यो लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा रहेको छ । नेपाली कप्तान पारस खड्काले युएई विरुद्धको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको बताएका छन् । उनले युएईसँगको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको भन्दै नेपाली टिम राम्रो बाटोमा रहेको तथा नेपालको पक्षमा नजिता बिस्तारै आउने समेत बताएका छन्।

अभ्यास खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो अभ्यास खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै