रोनाल्डो जुनियरका आइडल मेसी, यसरी भयो इन्टनेटमा मजाक ! 

खरीबोट

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी एक अर्काका प्रतिद्वंदी मानिन्छन् । मैदानमा भन्दा मैदान बाहिर यी दुई खेलाडीको प्रतिद्वान्दिताको चर्चा बढी हुने गर्दछ । 
यसैबीच रोनाल्डोका छोरा रोनाल्डो जुनियरले आफ्नो आइडल मेसी रहेको सार्वजनिक गरेर चर्चा बटुलेका छन् ।

सामाजिक सञ्जालमा रोनाल्डो जुनियरले @mrahunter नामको इन्स्टाग्राम एकाउन्टबाट 'थ्यांक यु माई आइडल लियो मेसी’ भन्ने सन्देस पोष्ट गरेका थिए । सो पोस्टमा केहि समय अघि फिफाको उत्कृष्ट खेलाडी अवार्डमा आफ्ना पिता रोनाल्डोसँगै मेसीलाई भेटेको तस्विर पोस्ट गरेका थिए ।

तर केहि समयमा नै सो पोस्ट डिलिट गरिएको छ । रोनाल्डो जुनियरले आफ्नो नयाँ इन्स्टाग्राम एकाउन्ट खोलेर सो पोस्ट गरेको भनिए पनि सो इन्स्टाग्राम एकाउन्टको अनुसन्धान गर्दा सो एकाउन्ट फेक रहेको खुलासा भएको छ । इन्टनेटमा गरिएको मजाकका रुपमा लिइएको यस घटनाले विश्व फुटबल प्रेमीलाई तरंगित बनाएको छ ।

जे होस् फिफा अवार्डमा रोनाल्डोले मेसीसँगको भेट देखाएको आत्मियताले उनि मेसीको ठुलो फ्यान भएको संकेत अवस्य गर्दछ ।     
 
 

सम्बन्धित समाचार

रोनाल्डो, सलाह र मोड्रीच युरोपको उत्कृष्ट फुटबलरको मनोनयनमा, मेसी र नेइमार परेनन्  

काठमाडौँ ।  यस बर्षको युरोपको उत्कृष्ट पुरुष फुटबलरका लागि उत्कृष्ट तीन खेलाडी मनोनयन सार्वजनिक गरिएको छ।  युरोपियन फुटबल फेडेरेशनले सार्वजनिक गरेको तीन खेलाडीको सुचिमा क्रिस्टियानो रोनाल्डो मोहमद सलाह र लुका

रोनाल्डो बिना रियल म्याड्रिडको विजयी सुरुवात, कार्भाजल र बेलले गरे गोल  

काठमाडौँ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई २-० ले पराजित गर्दै नयाँ सिजनको उत्कृष्ट सुरुवात गरेको हो।  रियलको जितमा डानियल कर्भाजल र

ला लिगामा बार्सिलोनाको विजयी सुरुवात, मेसीले बनाए नयाँ रेकर्ड 

काठमाडौँ। ला लिगामा गत बर्षको च्याम्पियन बार्सिलोनाले विजयी सुरुवात गरेको छ।  गएराती भएको ला लिगाको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी फुरुवात गरेको छ।  बार्सिलोनाका लागि

सिरी ए मा युभेन्टसको विजयी सुरुवात, रोनाल्डोको डेभ्यु खेल सुखद 

काठमाडौँ।  इटालियन सिरी ए मा युभेन्टसले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा युभेन्टसले चिएभोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।  युभेन्टसको जितमा सामी खेदीरा र फेडेरिको बर्नानडेसचीले एक एक गोल