• २०८१ बैशाख १४ शुक्रबार

च्याम्पियन्स लिगमा चेल्सी समुहमा दोस्रो, एथलेटिको बाहिरियो 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत चेल्सी एथलेटिकोसँग बराबरीमा रोकिएपछि समुहमा दोस्रो हुदै अन्तिम १६ मा प्रवेश गरेको छ । 

गएराती भएको खेलमा चेल्सीले एथलेटिको म्याड्रिडसँग १-१ गोलको बराबरी खेलेको छ ।  खेलमा दुवै गोल एथलेटिकोले गरेको थियो ।

पहिलो हाफ बिना कुनै गोल बराबरी रहेको खेलमा दोस्रो हाफको ५६औ मिनेटमा साउलले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । तर खेलको ७५औ मिनेटमा एथलेटिकोका स्टेफेन सभिकले आत्मघाती गोल गरेपछि चेल्सीले १-१ गोलको बराबरी खेलेको थियो ।

समुह सिबाट इटालियन क्लब रोमा शिर्ष स्थान हुदै अन्तिम १६ का लागि छनौट भएको छ भने चेल्सी समुहमा दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ । त्यस्तै यस समुहबाट एथ्लेटिको म्याड्रिड भने बाहिरएको छ । समुहमा रोमाको ११, चेल्सीको ११ र एथलेटिकोको ७ अंक रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै