• २०८१ बैशाख ६ बिहीबार

भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्विरोध

kharibot

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । 

सो पदमा गान्धीको मात्र उम्मेद्वारी परेपछि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । 

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष रहेकी छन् । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन् । 
स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । 

राहुल गान्धी पछिल्लो पाँच बर्षदेखी पार्टीको उपाध्यक्ष रहेका छन् ।  आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । 

सोमबार साँझसम्म उनी बाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेकी थिइन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै