• २०८१ बैशाख १२ बुधबार

ताप्लेजुङमा तीन घरमा आगलागी, ३५ लाखको क्षति

kharibot

फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । 

विद्युत् प्रवाह भई आगलागी हुँदा उक्त गाउँपालिका– ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दिउँसो करिब ३ः३० बजेको समयमा देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी शुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 

आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ । तीनवटै घर र घरभित्र रहेका सामान जल्दा करिब रु ३५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

आगलागीको समयमा घरका परिवार घर बाहिर काममा रहेकाले समयमा आगलागीको जानकारी नहुँदा समयमै नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् । आगलागीका कारण घर गुमाएका तीनवटै परिवार अहिले आफन्तको शरण लिएर बसेको बताइएको छ । विस्थापित परिवारलाई बुधबार नेपाल रेडक्रस सोसाइटी हाम्पाङ उपशाखाले राहतस्वरुप दाल, चामल, पाल लगायतका सामग्री वितरण गर्ने तयारी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै