• २०८१ बैशाख १३ बिहीबार

मेसी सब्स्टिच्युट बनेको खेलमा स्पोर्टिंगमाथि बार्सिलोना विजयी 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा मेसीलाई बेन्चमा राखेर खेल सुरु गरेको बार्सिलोनाले पोर्चुगीच क्लब स्पोर्टिंगलाई २-० ले पराजित गरेको छ । 

बार्सिलोनाको जितमा पाको अल्कासेरले एक गोल गरेका थिए भने दोस्रो गोल बार्सिलोनाका पुर्वडिफेन्डर जेरेमी माथ्युले आत्मघाती गोल गरेका छन् । अल्कासेरले खेलको ५९औ मिनेटमा गोल गरेका थिए । भने खेलको अन्तिम मिनेटमा स्पोर्टिंगका माथ्युले आत्मघाती गोल गरेका थिए ।

मेसी, पाउलहिन्हो जस्ता खेलाडी बेन्चमा राखेको बार्सिलोनाका लागि मेसी ६१औ मिनेटमा र पाउलहिन्हो ७५औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । 

समुह डी बार्सिलोना ६ खेलमा १४ अंक सहित समुहको शिर्ष स्थानमा रहेको छ भने समुहमा युभेन्टस ६ खेलमा ११ अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै