• २०८१ बैशाख १२ बुधबार

मेसीले बार्सिलोनाका लागि म्यान्चेस्टर सिटीको लोभलाग्दो अफर छोडेको खुलासा 

kharibot

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनेल मेसीले इङलिश क्लब म्यान्चेस्टर सिटीको लोभ लाग्दो अफर छोडेको रिपोर्ट बाहिरिएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार सिटीले मेसीलाई एक सय मिलियन युरो साइनिंग बोनस र बार्षिक ५० मिलियन युरो दिने गरी अफर गरेको खुलेको छ ।

तर मेसीले म्यान्चेस्टर सिटीको यो अफरलाई छोडेर बार्सिलोनामा नै आफ्नो सम्झौता नवीकरण गरेको मार्काले उल्लेख गरको छ । मेसीलाई सो अफर सिटीका मालिक शेख मन्सुरले बिना कुनै एजेन्टको सहयोग बिना सिधै गरेको दाबि गरिएको छ ।

सिटीको यसै अफरलाई ध्यानमा राख्दै मेसीलाई बार्सिलोनाले बार्षिक ५० मिलियन न्युनतम तलब दिने गरी सम्झौता नवीकरण भएको मार्काले उल्लेख गरेको छ । धेरै तलब पाउने हिसाबले अहिले मेसीले रोनाल्डो र नेइमारलाई पनि उछिनेका छन् ।

बार्सिलोनामा आफ्नो सम्झौता नवीकरण गरेपछि अब मेस्सी एकै क्लबमा खेल्ने खेलाडी भएका छन् । उनले सन् २०२१ सम्म बार्सिलोनाका लागि सम्झौता गरेका छन् र क्लबले उनीमाथि गरेको लगानी अनुसार प्रदर्शन पनि गरिरहेका छन् । मेसी यस सिजनमा ला लिग मा शिर्ष गोल कर्ता रहेका छन भने बार्सिलोना पनि ला लिगामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले राम्रो प्रदर्शन गरिरहेको छ । बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल आजै राती पोर्चुगलको क्लब स्पोर्टिंगसँग खेल्दै छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै