दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो

खरीबोट

जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसर

टोकियो । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । 

दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । 

सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो । 

जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ । उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ । 

सुरुमा उक्त सङ्कास्पद बस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो बस्तु नपड्किएको बम नै रहेको भनी पत्तालागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन् । 

उनका अनुसार काम गरिरहेका बेला मजदुरले सो वस्तु देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पनि ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई सो निर्माणस्थललाई नै प्रहरीको घेराभित्र पारेर अनुसन्धान गरेको थियो । 

पछि सो वस्तु बम नै हो र पुरानो हो भन्ने पत्ता लागेपछि उनीहरुलाई छोडिएको छ । हाल उक्त वस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बम ८५ सेन्टिमीटर लामो छ । जमिनमुनी पुरिएको अवस्थामा सो वस्तु रहेको थियो । 

प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानबाट सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ । 

उक्त अणुउर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भीषण भूकम्प र सुनामीका कारण फुटेको थियो । त्यसपछि उक्त केन्द्र आंशिक रुपमा मात्र सञ्चालनमा छ । सो केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि उक्त क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् । 

उक्त बम हमलाको ७२ बर्ष पूरा भएको छ । तर अहिले पनि जापानका कतिपय स्थानमा यस्ता नपड्किएका बमहरु भेटिने गरेका समाचारहरु यसअघि पनि आउने गर्दथे ।

सम्बन्धित समाचार

काठमाण्डौ महानगरपालिकाकी उपमेयर जापान भ्रमणमा 

काठमाण्डौ । जापान सरकारको निमन्त्रणामा काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खडगी श्रेष्ठ जापानको एक साता भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् । उपमेयर खड्गीसँगै काठमाण्डौ महानगरपालिकाका प्रमुखको सचिवालयका प्रमुख तथा निर्देशक

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर ।  अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ ।  सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले

जापानी महिला किन सुन्दर हुन्छन् ? 

जापान । सुन्दर तथा आकर्षक बन्न खोज्नु जोसुकैको चाहना हुने गर्दछ । मानिसलाइृ सबैभन्दा पहिला उसको सौन्दर्यताले आकर्षण गर्ने गर्दछ । आजको प्रतिस्पर्धी युगमा तपाईंको आकर्षक व्यक्तित्वको लागि उपयोगी बन्नसक्छ

जापानी राजकुमारीको विवाह सन् २०२० मा मात्र हुने

टोकियो, जापान  ।  जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।  सम्राट