• २०८१ बैशाख ७ शुक्रबार

आँखाको सेतो भागमा टाटु खोपाउँदा आँखै फाल्नुपरेपछि यी मोडल तनावमा

kharibot

तस्बिर : मिरर युके/फेसबुक

उत्तर अमेरिका । क्यानडाको ओट्टावाकी एक मोडलले आँखामै टाटु खोपाएर चर्चित बन्ने प्रयास गर्दा आँखै फाल्नुपर्ने अवस्था आएको छ । क्याट ग्यालिंगर नामकी यी मोडलले आँखाको नानीबाहिरको भाग स्क्लेरामा टाटु खोपाउँदा यस्तो अवस्था आएको हो ।

स्क्लेरा टाटु भन्नाले आँखाको नानीबाहेकको सेतो भागमा रंग खोपाउने भन्ने बुझिन्छ । क्याटको आँखामा टाटु खोपाउने क्रममा तरिका गलत हुँदो भयावह स्थिति आएको हो । टाटु खोपाएपछि उनको दृष्टि नै धमिलो र नदेखिने भएको छ ।

उनको आँखाबाट प्याजी मसी चुहिएको छ भने स्थायी रुपले नै दृष्टि गुम्नपुगेको छ । उनले आफ्नो फेसबुकमा तस्बिरहरु समेत पोष्ट गरेकी छिन् ।

टाटुले आँखाको दृष्टि नै बर्बाद पारेका कारण अब उनी आँखा नै फाल्न लागिपरेको बुझिएको छ । सोही कारण उनको मानसिक स्वास्थ्य समेत खलबलिन पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै