• २०८१ बैशाख ४ मंगलबार

वतानिया एयरवेयजले काठमाडौं-कुवेत सिधा उडान भर्ने, नेपाली कामदारलाई फाइदा

kharibot

मध्यपूर्व । कुवेतको वतानिया एयरले नेपाल कुवेत सिधा उडान भर्ने भएको छ । उक्त एयरले बुधबारदेखि काठमाडौं कुवेत सिधा उडान भर्नलागेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

एयरले प्रदान गर्ने सेवासुविधाबारे त्यहाँस्थित नेपाली राजदूत यज्ञबहादुर हमालले एयरवेयजका पदाधिकारीसँग भेटवार्ता समेत गरेका छन् । कुवेत काठमाडौं सिधा उडान उक्त एयरले पहिलोपटक गर्न लागेको हो ।

राजदूतावासका अनुसार सिधा उडानले त्यहाँस्थित रोजगारी गरिरहेका नेपालीलाई फाइदा हुनुका साथै नेपाल र कुवेतको सम्बन्ध थप प्रगाढ बन्न सहयोग पुग्नेछ । यसले नेपालीहरुलाई कुवेत आवतजावतमा सघाउ पुग्नेछ ।

उक्त वेयरवेयजले हप्तामा छ वटा उडान भर्नेछ । त्यहाँको समयअनुसार एयरवेयजको विमान ३ः३० मा छुटी काठमाडौंमा बेलुकी ११ बजे आइपुग्नेछ भने काठमाडौंबाट राति ११ः५९ मा छुटी कुवेतमा बिहान २ः३० मा अवतरण गर्नेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै