• २०८१ बैशाख ४ मंगलबार

सम्झनामा भारतीय अभिनेता स्व. शशी कपुर : ‘बलवीर राज’बाट कसरी भए ‘शशी’ ?

kharibot

भारतीय अभिनेता शशी कपुरको निधन भएको छ । सन् १९३८ मा भारतको कलकत्तामा कपुरको जन्म भएको थियो । बुबा भारतीय चर्चीत अभिनेता पृथ्वीराज कपुर र आमा शरणी कपुरका कान्छा छोरा हुन् उनी । चार दाजुभाइमध्येका कान्छा थिए उनी । बलिउडमा समर्पित कपुर परिवारमा जन्मिएकाले यिनलाई बलिउड अर्थात् भारतीय फिल्म क्षेत्रमा पाइला टेक्न त्यस्तो समस्या भोग्नुपरेन ।

शिक्षा
शशी कपुरले भारत मुम्बईको डनबस्को उच्च माध्यामिक विद्यालयमा पढेका थिए । उनले डोनबस्कोमा अध्ययन गर्दागर्दै थिएटरमा फिल्म खेल्न सुरु गरेका थिए ।

बलवीर राजबाट शशी बनी चम्किए
शशी कपुरको राशीको नाम बलवीर राज कपुर हो । उनको नाम ज्योतिषले राख्दा ‘ब’ अक्षरबाट आउने नाम राख्नुपर्ने बताएपछि उनकी दिदीले उनको नाम बलवीर राज राखेकी थिइन् । तर, यो नाम उनकी आमालाई मन नपरेपछि उनकी आमाले बलवीरको विकल्प खोजिन्, जसको विकल्पमा शशी भन्न थालियो ।

शशी भन्नुको पछाडिको रहस्य भने उनी बच्चामा प्रायःजसो चन्मामा हेरीरहन्थे । त्यही भएर उनको नाम शशी राखिएको हो । शशीको अर्को नाम चन्द्रमा पनि हो ।

बालकलाकारका रुपमा थिएटर प्रवेश
सन् १९४० को दशकमा नै उनले थिएटरमा नाटक खेल्न सुरु गरिसकेका थिए । उनका बुबाले स्कुलबाट घर आएका बेलामा थिएटरमा लिएर जान्थे । आफूसँगै थिएटरमा लिएपछि उनी कपुरलाई स्टेजमा अभिनय गर्न लगाउने गर्थे । त्यसो गर्दा उनमा अभिनयकला विकास हुँदै आएको थियो ।

शशी कपुरले जीवनको पहिलोपटक आफ्ना जेठा दाजु राज कपुरसँग अभिनय गरेका हुन् । ‘आग’ (१९४८) र ‘आवारा’(१९५१) उनी अभिनीत सुरुवाती फिल्म हुन् । उनले आवारामा राजकपुरको बाल्यकालको भूमिका निभाएका थिए ।

प्रेम प्रसंग र विवाह


सन् १९५० को दशकमा कपुर आफ्ना बुबाको सल्लाहमा गोदफ्रे कैडलको थिएटर ग्रुप ‘शेक्स्पियाराना’मा सामेल भएका थिए । उनले सोही थिएटर  ग्रुपबाट पूरा दुनियाँ घुम्ने अवसर पाएका थिए । यसै दौरान उनको बेलायतकी अभिनेत्री जेनीफर क्याडलसँग परिचय भयो ।

त्यति मात्रै होइन पहिलो भेटमै उनीहरु एकआपसमा प्रेममा परेका थिए । जेनीफरसँगको प्रेमका कारण उनले आफ्नो करिअरको सुरुवातमै २० वर्षको उमेरमा विवाह गरेका थिए ।

शशीको फिल्मी करिअर
शशि कपुरको फिल्मको भूमिकाको बारेमा कुरा गर्दा उनले धार्मिक फिल्म गरेका छन् । उनको अभिनयले नै उनलाई अहिले पनि चिनाइरहेको छ । र,  अहिलेसम्म झण्डै एक सय ६० फिल्ममा अभिनय गरेका छन् । पछि उनी भारतीय मात्र होइन बेलायती फिल्म अर्थात् पश्चिमा फिल्म क्षेत्रमा पाइला चाल्ने पहिलमे भारतीय अभिनेता हुन् ।

सन् १९६१ मा ‘धर्मपुत्र’बाट फिल्मी नायक बनेका शशी कपुरलाई सबैभन्दा चिनाएको चाहिँ अभिनयले नै हो । त्यसअगावै उनले बाल्यकालमै दाजु राज कपुरले बनाएको ‘आग’मा सन् १९४८ मा बाल कलाकारको हिसाबले फिल्मी दुनियाँमा प्रवेश गरिसकेका थिए ।

छ वर्षअघि पद्मभूषण र दुई वर्षअघि आफ्ना पिता पृथ्वीराज र ठूला दाइ राज कपुरले जस्तै ‘दादा साहेब फालके’ सम्मान प्राप्त गरेका शशीले एक सय १६ वटा हिन्दी सिनेमामा काम गरेका थिए ।

१९६५ को ‘जब जब फूल खिले’, ‘वक्त’, १९७१को ‘शर्मिली’, १९७५ को ‘दिवार’, १९७६ को ‘कभी कभी’, १९७८ को ‘सत्यम शिवम् सुन्दरम्’, ‘जुनुन’ ‘त्रिशूल’, १९७९को ‘सुहाग’ ‘प्यारका मौसम’, १९८१को ‘कलियुग’, १९८२ को ‘नमक हलाल’, १९८६ को ‘न्यू दिल्ली टाइम्स’जस्ता सिनेमाले उनको सम्झना पछिसम्म पनि गराइरहनेछ । शशी कपुरले केही अंग्रेजी सिनेमामा पनि अभिनय गरेका थिए ।

शशी कपुरकी एक छोरी संजना र दुइ छोरा कुणाल र करण छन् । उनकी श्रीमती जेनिफर केन्डलको क्यान्सरका कारण सन् १९८४ मै निधन भएको थियो । पत्नीसँग मिलेरै शशीले सन् १९७८ मा पृथ्वी थिएटर स्थापना गरेका थिए । कुनै समय यो थिएटर मुम्बईमा अत्यन्त प्रसिद्ध थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै