• २०८१ बैशाख ४ मंगलबार

फिफाको नयाँ वरियतामा नेपाल एक स्थानमाथि उक्लियो, शिर्ष स्थानमा फेरी ब्राजिल 

kharibot

फाइल तस्विर

काठमाडौँ । फिफाको नयाँ वरियतामा नेपाल एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको अगस्ट महिनाको विश्व वरियतामा नेपाल १६९औं स्थानमा उक्लिएको हो । अहिल्लो महिना नेपाल १७०औ स्थानमा रहेको थियो । 

नयाँ वरियता अनुसार सार्क देशमा नेपाल भन्दामाथि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् । सार्क देशमा भारत सबैभन्दा माथि ९७औं स्थानमा छ भने माल्दिभ्स १४२औं स्थान, अफगानिस्तान १५६औं स्थानमा रहेको छ ।  त्यस्तै नेपालभन्दा माथि रहेको अर्को दक्षिण एसियाली मुलुक भुटान १६५औं स्थानमा पुगेको छ ।

त्यसैगरी नेपालभन्दा तल रहेको बंगलादेश एक स्थानमाथि उक्लिदै १८९औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ ।

विश्व वरियताको नम्बर एकमा पुन एक पटक ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ । रूस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । जर्मनी दोस्रो स्थानमा झरेको छ । 

त्यस्तै तेस्रो स्थानमा अर्जेन्टिना, चौथो स्थानमा स्विटजरल्याण्ड, पाचौ स्थानमा पोल्याण्ड, छैठौ स्थानमा पोर्चुगल, सातौ स्थानमा चिली, आठौ स्थानमा कोलम्बिया, नवौ स्थानमा बेल्जियम र दशौ स्थानमा फ्रान्स रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै