• २०८१ बैशाख ५ बुधबार

आज स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवस

kharibot

काठमाडौं । स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।  नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । 

विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गएका छन् ।

नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गएका छन् । उनले गाएका एउटा मान्छेको मायाले कति, म त लाली गुराँस भएछु, पर्खि बसे, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उत्तिकै चर्चामा छन् ।

उनको सम्झनामा नारायण गोपाल संगीत कोषले उनको निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ । 

यसैबिच नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई सम्मान गरिँदैछ । 

नारायणगोपालको २७औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै