नेइमारले बार्सिलोना छोडेपछि स्वरेजको प्रदर्शन खस्कियो !

खरीबोट

काठमाडौं । बार्सिलोनाका उरुग्वियन स्ट्राइकर लुइस स्वरेज यस सिजनमा गरिरहेको संघर्षका कारण क्लबलाई असर पर्न थालेको छ । 

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका स्वरेजले तीन सिजनमा पहिलो पटक गोल गर्न संघर्ष गरिरहेको पाइएको छ ।

अघिल्ला तीन सिजनमा स्वरेजको प्रदर्शन उत्कृष्ट रहेको थियो । बार्सिलोना आएको पहिलो सिजनमा स्वरेजले बार्सिलोनाका लागि ला लिगामा २७ खेल खेल्दै १६ गोल गरेका थिए भने दोस्रो सिजनमा ३५ खेलमा ४० गोल गरेका थिए । त्यस्तै अघिल्लो सिजनमा पनि ३५ खेल खेल्दै २९ गोल गरेका थिए । यस सिजनमा स्वरेजको प्रदर्शन हेर्ने हो भने उनले बार्सिलोनाका लागि ११ खेल खेल्दै ६ गोल गरेका छन् । 

अझ ला लिगा बाहेकका अन्य ७ खेलमा यस सिजनमा स्वरेजले गोल गर्न सकेका छैनन् । यसरी यस सिजनमा स्वरेजले बार्सिलोनाका लागि खेलेका कुल १८ खेलमा केबल ला लिगाका ६ गोल मात्र छन् ।

अहिले नेइमारले बार्सिलोना छोडेपछि स्वरेजको प्रदर्शन खस्किएको अनुमान गर्न थालिएको छ । नेइमार हुँदा स्वरेजको गोल औसत प्रति खेल एक गोलको थियो तर नेइमार बिना स्वरेजको औसत गोल प्रति खेल ०.५४ रहेको छ । जबकी अघिल्ला सिजनमा यो औसत लगभग हरेक खेलमा एक गोलको रहेको थियो । यस सिजनमा स्वरेजले गरेको गोल हेर्दा स्वरेजले ६ गोलका लागि ४० सट हानेका छन् । 

स्वरेजको अर्को समस्या मेसी खेल्ने ठाउको पनि देखिएको छ । मेसी यस सिजनमा धेरै जसो सेन्ट्रल पोजिशनमा खेलेको देखिएको छ जबकी यस अघि स्वरेज खेलेको देखिन्थ्यो । स्वरेजका लागि बार्सिलोनामा अब नयाँ पोजिशनबाट खेल्न र त्यँहाबाट रिजल्ट निकाल्न मुस्किल भइरहेको देखिएको छ । 

स्वरेजको घुडाको इन्जुरिले उनको खेलमा अवस्य असर गरेको छ तर नेइमारको अनुपस्थितिमा उनले गर्ने गोलमा कमि आएको भने प्रष्ट देखिएको छ । 

मेसी अहिले ला लिगामा शिर्ष गोलकर्ता रहेका छन् तर स्वरेज भने नेइमारको अनुपस्थितिबाट सबैभन्दा बढी असर पुगेका पिडित जस्तो देखिएको छ ।  
 

सम्बन्धित समाचार

मेसी र स्वरेजको गोलमा बार्सिलोना विजयी 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले २-० ले जितेको हो ।  बार्सिलोनाको जितमा लिओनल मेसी र लुईस सुआरेजले एक एक गोल गरेका

बार्सिलोना छोडेको भन्दै बायर्नका फ्यानहरुले नेइमारलाई नक्कली नोटले हाने 

काठमाडौँ । यसै सिजनमा बार्सिलोनाबाट पिएसजी गएका ब्राजिलियन नेइमारलाई बायर्न म्युनिखका फ्यानले अपमान गरेका छन् ।  गएराती बायर्न म्युनिखसँग भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जर्मनी फ्यानहरुले नेइमारको नामको ५ सय युरोको

मेसी सब्स्टिच्युट बनेको खेलमा स्पोर्टिंगमाथि बार्सिलोना विजयी 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा मेसीलाई बेन्चमा राखेर खेल सुरु गरेको बार्सिलोनाले पोर्चुगीच क्लब स्पोर्टिंगलाई २-० ले पराजित गरेको छ ।  बार्सिलोनाको जितमा पाको

मेसीले बार्सिलोनाका लागि म्यान्चेस्टर सिटीको लोभलाग्दो अफर छोडेको खुलासा 

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनेल मेसीले इङलिश क्लब म्यान्चेस्टर सिटीको लोभ लाग्दो अफर छोडेको रिपोर्ट बाहिरिएको छ । स्पेनिस मिडिया मार्काका अनुसार सिटीले मेसीलाई एक सय मिलियन युरो साइनिंग