यमनी पूर्वराष्ट्रपती अलि अब्दुल्लाह सालेह मारिएको दावी

खरीबोट

साना, यमन । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुठी समूहका उच्च अधिकारीले सोमबार पुष्टि गरेका छन् । 

सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ । 

मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरिर कैद भएको दृष्य देखिएको बताएको छ । 

“मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्, ” अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ । 

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन बर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए । 

यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरिरको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो । 

यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ बर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए  । 

सम्बन्धित समाचार

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ : प्रदेश नं ३ मुख्यमन्त्री पौडेल

सौराहा, चितवन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को १७औँ विशेष साधारणसभा बुधबारदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल

यमन आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

साना, यमन। यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ ।  मृतकमध्ये ४० जना

राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

बर्दिबास।  सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्या अभियोग लागेका प्रदेश नम्बर २ का सामाजिक कल्याण राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।  आज मध्याह्न महोत्तरी जिल्ला

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माद्वारा अदालतमा आत्मसमर्पण

महोत्तरी।  प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । सोमबार बिहान ११ बजेको समयमा राज्यमन्त्री शर्मा आफना सुरक्षाकर्मीसहित अदालत पुगी आत्मसमर्पण