अर्जेन्टिनामा लियोनेल मेसीको सालिक दोस्रो पटक तोडफोड 

खरीबोट

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीको सालिक फेरि तोडफोड गरीएको छ । अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त सालिकलाई अज्ञात व्यक्तिहरुले तोडफोड गरेको बताइएको छ ।

यसअघि कोपा अमेरिकाको फाइनलमा पराजयपश्चात सन्यासको घोषणा गरेका मेसीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा मेयर होरासियो रोड्रिगेज लारेटाले मेसीको सालिक अनावरण गरेका थिए । रियो डि ला प्लाटाको तटमा रहेको उक्त सालिकलाई तोडेर लडाइएको छ । 

यस अघि जनवरीमा पनि सोहि सालिक गतबर्ष जनवरीमा पनि मेसीको सोहो सालिक तोडफोड गरिएको थियो । 

मेसीको सो सालिक टेनिसका महान खेलाडी गाब्रेला सबाटिनी, गुइलेर्मो भिलास, बास्केटबल खेलाडी मनु जिनोबिलो, मोटरस्पोर्ट्स खेलका हिरो जऊन मनुअल फंगियोसँग सँगै राखिएको छ ।

स्वदेशमा नै यसरी मेसीको सालिकमाथि पटकपटक आक्रमण भएपछि उनका फ्यानहरू पनि आक्रोशित बनिरहेका छन्। 
 

सम्बन्धित समाचार

लियोनेल मेसीले बनाए ला लिगामा दुई नयाँ रेकर्ड 

काठमाण्डौ ।  लियोनेल मेसीले गएराती भएको गिरोनाविरुद्धको खेलमा दुइ नयाँ रेकर्ड बनाएका छन् ।  ६-१ गोल अन्तरले जितेको खेलमा मेसीले ला लिगामा सर्वाधिक असिस्ट र ला लिग मा सर्वाधिक टिमविरुद्ध गोल

ला लिगामा मेसीले बनाए दुई नयाँ रेकर्ड 

काठमाण्डौ ।  लियोनेल मेसीले गएराती भएको गिरोनाविरुद्धको खेलमा दुइ नयाँ रेकर्ड बनाएका छन् ।  ६-१ गोल अन्तरले जितेको खेलमा मेसीले ला लिगामा सर्वाधिक असिस्ट र ला लिग मा सर्वाधिक टिमविरुद्ध गोल

गिरोनाविरुद्ध बार्सिलोनाको गोल बर्षा, स्वरेजको ह्याट्रिक, मेसीले दुई गोल 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गिरोनाविरुद्ध गोलको वर्षा गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले गिरोनाविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेजले ह्याट्रिक

मेसीको चेल्सीविरुद्ध क्यारियर कै पहिलो गोल, यी हुन् मेसीले गोल नगरेका प्रमुख टिम 

काठमाडौँ । लियोनेल मेसीले चेल्सीविरुद्ध आफ्नो क्यारियर कै पहिलो गोल गरेका छन् ।  गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा मेसीले खेलको ७५औ मिनेटमा गोलगर्दै इङलिश च्याम्पियन चेल्सीविरुद्ध