• २०८१ बैशाख ६ बिहीबार

चुनावको प्रभाव सेयरबजारमा, १० अंक घटेर १५ सय २६ विन्दुमा झर्‍यो नेप्से

kharibot

काठमाडौं । नेप्सेमा चुनावी प्रभाव देखिन थालेको छ । गत साता लगातार बढेको नेप्से सूचक तथा कारोबार रकम साताको दोस्रो कारोबार दिन अर्थात आज सोमबार घट्न थालेको छ । नेप्से आज १० दशमलव नौ अंकले घटेर १५ सय २६ दशमलव ७७ विन्दुुमा झरेको छ ।

यसैगरी सेन्सिटिभ पनि दुुई दशमलव २९ अंकले घटेर तीन सय २१ दशमलव ९७ विन्दुुमा झरेको छ । आज कुुल एक सय ५७ कम्पनीहरुको पाँच हजार पाँच सय ८६ वटा कारोबारमा १० लाख १६ हजार चार सय ९३ कित्ता सेयर खरिद बिक्री भएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ५४ करोड २३ लाख ९३ हजार एक सय ३४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोबार भएकोमा होटल समूहको सूचक १८ दशमलव ९३ अंकले तथा उत्पादनमुुलक समूहको सूचक पाँच दशमलव ३५ अंकले बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । वाणिज्य बैक समूहको सूचक आठ दशमलव २३ अंकले घटेर १३ सय तीन दशमलव ६० विन्दुुमा झरेकोमा २० करोड ७३ लाख ६७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैक समूहको सूचक १४ दशमलव ७२ अंकले घटेर १७ सय ६० दशमलव ३७ विन्दुुमा झरेकोमा एक करोड ८० लाख ८८ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।  जलबिद्युुत समूहको सूचक पनि एक दशमलव एक अंकले घटेर दुुई हजार ७७ दशमलव ६६ विन्दुुमा झरेकोमा सात करोड ९९ लाख ९० हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

फाइनान्स समूहको सूचक तीन दशमलव ४८ अंकले घटेर सात सय ५८ दशमलव ८१ विन्दुुमा झरेकोमा ७८ लाख १८ हजार आठ सय ३० रुपैयाँको सेयर सेयर खरिद बिक्री भएको छ । यसैगरी बीमा समूहको सूचक पनि एक सय चार दशमलव ५९ अंकले घटेर आठ हजार ३२ दशमलव ६२ विन्दुुमा झरेकोमा १२ करोड १९ लाख ५८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । टे«डिङ, अन्य र लघुबित्त समूहको सूचक पनि आज घटेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ४७ पैसाले बढेर चार सय २८ रुपैयाँमा कारोबार भएको छ भने गुुमाउने कम्पनीको सुचीमा परेको युुनाईटेड इन्स्योरेन्स कम्पनीको पाँच रुपैयाँ २७ पैसाले घटेर १२ सय ७६ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको बुुटवल पावर कम्पनीको सात सय २५ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड तीन लाख १६ हजार ५२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी एनसीसी बैंकको पनि तीन सय ६५ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ९३ लाख ३० हजार २५ रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै