• २०८१ बैशाख ६ बिहीबार

फिल्म नचलेपछि सलमानले फिर्ता गरे डिस्ट्रीब्यूटर्सको पैसा

kharibot

सलमान खान, फाइल तस्विर

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको हालै प्रदर्शनमा आएको फिल्म ट्युबलाइटले राम्रो व्यापार गर्न नसकेपछि निर्माता समेत रहेका अभिनेता सलमानले डिस्ट्रीब्यूटर्सलाई पैसा फिर्ता गरेको समाचार आएको छ ।

भारतमा वितरण अधिकार पाएको डिस्ट्रीब्यूटर्सलाई सलमानले करिब साढे ३२ करोड रुपैया फिर्ता गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आफ्ना पिता सलीम खानको अनुरोधमा सलमानले पैसा फिर्ता गरेको बताइएको छ ।

डिस्ट्रीब्यूटर्सले भारतमा प्रदर्शन अधिकारका लागि फिल्मलाई १३२ करोडमा किनेका थिए तर फिल्मले सय करोडको हाराहारीमा मात्र व्यापार गरेपछि डिस्ट्रीब्यूटर्सको घाटा भरपाई गर्न सलमानले बाँकी पैसा फिर्ता गरेको बताइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै