फिल्म नचलेपछि सलमानले फिर्ता गरे डिस्ट्रीब्यूटर्सको पैसा

खरीबोट

सलमान खान, फाइल तस्विर

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको हालै प्रदर्शनमा आएको फिल्म ट्युबलाइटले राम्रो व्यापार गर्न नसकेपछि निर्माता समेत रहेका अभिनेता सलमानले डिस्ट्रीब्यूटर्सलाई पैसा फिर्ता गरेको समाचार आएको छ ।

भारतमा वितरण अधिकार पाएको डिस्ट्रीब्यूटर्सलाई सलमानले करिब साढे ३२ करोड रुपैया फिर्ता गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आफ्ना पिता सलीम खानको अनुरोधमा सलमानले पैसा फिर्ता गरेको बताइएको छ ।

डिस्ट्रीब्यूटर्सले भारतमा प्रदर्शन अधिकारका लागि फिल्मलाई १३२ करोडमा किनेका थिए तर फिल्मले सय करोडको हाराहारीमा मात्र व्यापार गरेपछि डिस्ट्रीब्यूटर्सको घाटा भरपाई गर्न सलमानले बाँकी पैसा फिर्ता गरेको बताइएको छ । 

सम्बन्धित समाचार

टेलिभिजन शोमा भिड्दै बलिवुडका दुई सुपरस्टार खान

काठमाडौँ, बलिवुडमा यसअघि बोलचाल बन्द भएका दुई खान सलमान खान र शाहरुख खान अहिले निकै नाजिका साथी भएका छन् ।  हालै सलमानको रिलिज भएको फिल्ममा शाहरुखले अतिथि भूमिकामा देखिएर मित्रता