भक्तपुर । कक्षा ११ को आंशिक तर्फको परीक्षामा ३५ दशमलव ५८ प्रतिशत उत्तिर्ण भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा सञ्चालन भएको सो परीक्षाको नतिजा सोमवार सार्वजनिक गरेको हो ।
परीक्षामा कुल एक लाख एक हजार तीन सय ७५ सहभागि भएकामा ३६ हजार ७४ अर्थात ३५ दशमलव ५८ प्रतिशत उत्तिर्ण भएको निमित्त परीक्षा नियन्त्रक डम्बरबहादुर बतासले जानकारी दिए । उत्तिर्ण प्रतिशत अघिल्लो वर्षको भन्दा झण्डै दुई प्रतिशत कमि हो ।
बोर्डले नियमित तर्फको परीक्षाको नतिजा सार्वजनिक गर्न अझै केहि समय लाग्ने जनाएको छ ।