• २०८१ बैशाख ६ बिहीबार

निर्वाचन, आर्थिक समृद्धि र राप्रपा

kharibot

नेपाली राजनीतिमा राप्रपाको उदय अन्य नेपालमा भएका राजनीतिक दलहरु सरह नै भएको हो । तर यसको विधिवत उदय चाहीं २०४६ को आन्दोलन पश्चात भयो । २०४६ को जनआन्दोलन बाट देशमा बहुदलीय व्यवस्था कायम भयो । राजा महेन्द्रको राष्ट्रवाद, विपि कोइरालाको राष्ट्रिय मेलमिलापको निति र सनातन मुल्य मान्यता र संस्कृति राप्रपाको अस्तित्वको स्रोत हो । यो बाटो प्रतिगमन होइन, सबै राजनैतिक शतिm र विचारहरु एक ठाउँमा नै अट्ने सद्भाव, मेलमिलाप र राष्ट्रिय एकताको अग्रगामी बाटो हो ।

जनताको चाहना अनुसार तत्कालिन राजदरबारले बहुदलीय प्रजातन्त्रलाई सजिलै स्वीकार ग¥यो । यसरी अघि बढेको नेपाली राजनितीमा राप्रपा बिभिन्न निर्वाचनमा सहभागी भई आफ्नो शसक्त भूमिका लाई दर्ज गर्न सफल रह्यो । तत्पश्चात सम्पन्न भएका आमनिर्वाचनहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टिले आफुलाई एउटा सक्षम पार्टिको रुपमा प्रस्तुत गरेको कुरा जनताका सामु छर्लङ्गै छ । समय घटनाक्रम अनुसार विकसित नेपाली राजनिती भित्र छोटो समायावधिमै एउटा नयाँ परिवर्तनको संघारमा पुग्यो जहां सार्वभौमसत्ता मुलुकको स्वाधिनतामा धावा बोलियो जसलाई राप्रपाले मध्यमार्गी बाटोबाट समाधानको प्रयास थालेको थियो तर आफुलाई ठूलादल भन्न रुचाउनेहरुले राप्रपाको भुमिकालाई राजावादिको संज्ञा दिएर जनताको माझमा भ्रम सिर्जना गरे र दस बर्षे जनयुद्ध र ०६२/०६३ को जनआन्दोलनको इतिहास रचे ।

  • लेखिका

राप्रपालाई टुक्र्याउने छिन्नभिन्न बनाउने कुकृत्यमा लागि परे र राप्रपाको बारेमा गलत भ्रामक समाचारहरु फैलाउन उद्घत रहे । जनआन्दोलन पश्चात प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बहानामा हुँदैन भएका तथाकथित बैदेशिक शक्तिहरुका इच्छा चाहनालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न मुद्घानै बनाएर अघि बढ्न थाले । जनआन्दोलनको म्यान्डेडलाई थाङ्गनामा सुताएर राजनीतिकदलहरु विदेशी शक्तिहरुका गुलाम बन्न थाले र राज्यलाई ध्वस्त पार्ने ब्रह्मलुट मच्चाउने कार्यमा तल्लिन भए । यसका विरुद्धमा राष्ट्रिय स्वाधिनताका लागि राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका पक्षमा बहस गर्न र आफ्नो यो एजेन्डालाई स्थापित गर्न राप्रपा नेपालको उदय भएको यसको अगुवाइ राप्रपाका अध्यक्ष कमल थापाले गरिरहनु भएको छ ।

नेपाली राजनीति भित्र विकसित घटनाक्रमहरु लाई हेर्दै जाने हो भने वर्तमान समयमा हामी गम्भिर मोडमा उभिएका छौं । जनतालाइ सार्वभौमसत्ता सम्पन्न बनाउने बहानामा हामीले हाम्रो देश भित्र शक्ति सम्पन्न गर्ने गलत प्रयासहरुको थालनि ग¥यौं । २०५२ सालबाट सुरुवात भएको तथा कथित जनयुद्धको आशय के थियो वर्तमान अवस्थामा कहां के गर्दैछ त्यसको गम्भिर समिक्षा आम नेपाली जनताले गर्नु पर्ने बेला आएको छ । चुनावमा भोट केवल भोट दिनको लागि होईन् भोट त असल शासन व्यवस्थाका लागि आर्थिक समृद्धिका लागि र सहि नेतृत्वका लागि दिने कुरा हो ।

हाम्रा आज सम्मका अभ्यासहरु केवल भोट दिनका लागि मात्र भएका छन् । झन्दै १८ वर्षपछि संसदका लागि निर्वाचन हुन गई रहेको छ । यस्तो महान अवसरमा विगतका जस्तै गल्तिहरुलाई जनताले अब दोहो¥याउने छैन् । २००७ साल देखि आज सम्म आई पुग्दा नेपाली राजनितीमा अस्थिर प्रकारका धेरै उतार चढावहरु आए । शासन व्यवस्था परिवर्तन भए शासक परिवर्तन भएनन् । पद्घति परिवर्तन भयो तर प्रवृति परिवर्तन भएन् । दुखका साथ भन्नुपर्छ जनताले धेरैपटक विश्वासको मतदिए तर राजनीतिक दलले विश्वास माथि कुठाराघात गरे । संसार फेरियो तर हाम्रा दुखका दिन कहिल्यै फेरिएनन् । विगतका दिनहरुमा नेपालको पहिचान शान्तिपुर्ण मुलुकको रुपमा चिनिएको थियो तर आज त्यो अवस्था दलहरुको अक्रमन्नयताले गर्दा रहेन । शासनसत्ता व्यक्ति वा पात्र देखिएतापनि त्यसको जरो अन्तकतै हुने कुराको विकास भयो ।

सानै झुन्डमा भएपनि देश टुक्रिनुपर्छ भन्ने मानिसहरुको जमात खडा हुन थालेको छ । यो तथाकथित ठुला दल भनिएकाहरुले ल्याएको गणतन्त्र भित्र फलेको सुनौलो फल हो । यसै गरि यि फलहरुको समाधान नखोजि विकास गर्दै जाने हो भने यो बुद्धभूमि कहाँ पुग्छ होला ? आम मतदाताहरुले सोच्नुपर्ने बेला आएको छ । देशमा चरम दक्षिणपथिं र बामपंथिका बिचको सत्तामोहले अधिनायकवाद जन्मिने खतरा उत्तिकै छ । राप्रपा मध्यमार्गिधारको रुपमा आफ्नो परिचयलाई स्थापित गर्दै एकिकृत नेपालभित्र सनातन हिन्दु राष्ट्र, राजसंस्था र सार्वभौमसत्ता सम्पन्न जनताका पक्षमा वकालत र बहस गर्दै अघि बढेको छ । राप्रपाका विरुद्घमा अफ्mवाह फैलाउने भ्रमको खेति गर्नेहरुले जनतालाइ झुक्याएका छन जसका परिणाम आज जनता व्यहोर्दै छन् ।

२०५२ सालबाट सुरुवात भएको तथा कथित जनयुद्धको आशय के थियो वर्तमान अवस्थामा कहां के गर्दै छ, त्यसको गम्भिर समिक्षा आम नेपाली जनताले गर्नु पर्ने बेला आएको छ । चुनावमा भोट केवल भोट दिनको लागि होईन् भोट त असल शासन व्यवस्थाका लागि आर्थिक समृद्धिका लागि र सहि नेतृत्वका लागि दिने कुरा हो ।

देशमा दलीय भागबन्डा भ्रष्ट्राचार, चोरी डकैती, लुटपाट मौलाउदै गएको अवस्था छ । धनि र गरिब बिचको खाडल निकै फराकिलो गतिले विकसित हुँदैछ । आफुलाई ठुला दल भन्नेहरुको ईतिहास र वर्तमानलाई हेर्दा यिनीहरु असक्षम सावित भर्ई सकेका छन् । यिनका अकर्मण्यताको फल चपाउन हामी बाध्य छौं । अदुरदर्शि नेतृत्व र गलत निर्णय र बाह्य शक्तिबाट संचालन हुने नेपाली राजनितीका ठुलादलहरु लाइ स–सम्मान बिदाइ गर्नुको अब विकल्प छैन् ।

राप्रपाले खोजेको मध्यमार्गी धारबाट मात्रै यो देशको विकास सम्भव छ । हामी भन्दै थियो नेपालमा जनताका लागि राजसंस्था कहिल्यै दोसी थिएन । राजतन्त्रले जहिले जनतालाई सर्वोपरि मानेको छ । इतिहासले तेहि भन्छ २००७ सालदेखि ०१७, ०३६, ०४६ र ०६२÷०६३ सम्मको इतिहास हेर्नुस जनताले जे भन्यो राजतन्त्रले त्यही मान्यो राजतन्त्रले जनताको सार्वभौमिकतालाई सधैं उच्च स्थानमा राखेको कुरा हामी सहजै अनुमान गर्न सक्छौं । हाम्रो भुबनोटको समारिक महत्व अनुसार पनि यो देशमा सवैंधानिक राजतन्त्र निकै आवश्यक हो । तर नेपालका उग्रवामपन्थी र उग्र अतिवादी दक्षीणपन्थीले भ्रष्ट्राचार गर्न आफ्ना तिन पुस्ताका लागि अकुत सम्पत्ति कमाउन नपाए पछि विभिन्न बाहय मुलुकसंग समन्वय गरेर यो देशमा राजतन्त्रका विरुद्घ अपवाह फैलाए । जनयुद्घ नाम दिएको एउटा हिंसात्मक पर्वको विकास ग¥यो ।

हजारौं मानिसले ज्यान गुमाए । विडम्बना भन्नु  पर्छ मर्नेले के पाए आज मोज कसको छ यी प्रश्नको  उत्तर खोज्न नेपाली जनताले राप्रपालाई मतदान गर्ने छन् । होईन् भने तपाई हाम्रो सार्वभौमिकतालाई दलहरुले विदेशी राष्ट्रहरु सामु लिलाम गर्नेछन् । ठुला भनिएका राजनीतिक दलहरुले परिवर्तनलाई संस्थागत गर्न भनि ल्याएका निती, विधि, सिद्घान्त, विचार सबै असफल सिद्घ भइसकेका छन् । अझपनि भन्छन् देश हामीले बनाउने हो । निकै महत्वाकांक्षी र भ्रामक घोषणा पत्र सबै दलका छन् तर त्यो घोषणापत्रलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा अनभिज्ञ छन् । राष्ट्रवादि विकास वादि चरित्रका मानिसको खोज गर्ने हो भने पनि राप्रपा नेपाल छाता भित्र बढि देखिन्छ ।

आफुलाई ठुला भन्ने दलहरुले खोक्रो राष्ट्रवादलाई शिवजीले सति देविको मृत शरीरलाइ काँधमा बोकेर पृथ्वीको परिक्रमा गरेको जस्तो दलहरुको राष्ट्रवाद छ । यिनीहरु वैदेशिक, कुटनितीक नियोगका कर्मचारीलाई भेट्दा पनि पाँचचोटी चस्मा र दौराको फेर मिलाउछन् र आफ्ना निजी स्वार्थका लागि राष्ट्र र राष्ट्रियतालाई बलि चढाउँछन् । देशको परराष्ट्र नीति लाई कुन खोलामा बगाए थाहा छैन् । एउटा सामान्य विदेशी नागरिक आउंदा पनि राष्ट्रप्रमुख, सरकार प्रमुखसँग हात मिलाएर जाने कस्तो लोकतन्त्रको विकास यी दलहरुले गर्दैछन् सोच्नु पर्ने बेला आएको छ ।

वर्तमान घडीमा उग्रबामपन्थी चिन्तनले पु¥याएको क्षति र राष्ट्रियता मै प्रश्न उठ्ने खालका गतिबिधिको कस्ले जिम्मा लिन्छ ? हो त्यसैले हाम्रा परम्परागत मूल्य मान्यता, धर्म संस्कृति, इतिहासको संरक्षण र सम्बर्दनबाट मात्र त्यो क्षतिको कमि हुन्छ र बल्ल समृद्ध नेपालको परिकल्पनाका साथ निर्माण गर्न सकिन्छ । पछिल्लो २०० वर्षको इतिहासलाई हेर्ने हो भने देशको सार्वभौमिकता सबैभन्दा बढि अप्ठ्यारोमा परेको अवस्था वर्तमान नै देखिन्छ ।

त्यसकारण पनि जनताहरुले देशको रक्ष।का लागि आफ्नो सनातन हिन्दु धर्मका लागि, आर्थिक समृद्घिका लागि आफ्नो चालचलन, भेषभुषा र परम्पराको जगेर्नाका लागि पनि यी राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा नेपाललाई रोज्नुको विकल्प छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै