• २०८१ बैशाख ८ शनिबार

छ सय १३ करोडको ट्रेजरी बिक्री गरिँदै

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अपराह्न दुुई बजेसम्म छ सय १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले जारी मिति यही मंसिर १९ गते तोकेर अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्नलागेको हो ।

बिक्री गरिने कुुल ट्रेजरीमध्येमा २८ दिने अवधिको तीन सय करोड र ९१ दिने अवधिको तीन सय १३ करोड रुपैयाँ रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व हुुने मिति पुुस १८ गते र ९१ दिने अवधिको परिपक्व हुने मिति २०७४ फागुुन २२ गते रहेको छ ।

यसअघि पनि राष्ट्र बैंकले मंसिर ११ गते २८ दिने अवधिको ८० करोड, ९१ दिने अवधिको एक सय ६७ करोड ३२ लाख र तीन सय ६४ दिने अवधिको सात करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै