• २०८१ बैशाख ६ बिहीबार

दक्षिण कोरियामा डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु

kharibot

सोल । दक्षिण कोरियाको एक पश्चिमी तटीय समुद्रमा ट्याङकर र माछा मार्ने डुङ्गा आइतबार बिहान एक आपसमा ठोक्किएर भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । 

दक्षिण कोरियाली सामुद्रिक तट रक्षक सेनाले अरु दुई जना हराइरहेकाले उनीहरुको खोजी कार्य भइरहेको पनि जनाएको छ । 

द सेन्चङ – वान नामक माछामार्ने डुङ्गामा २० जना यात्रु रहेका थिए । इन्चोएन सहर नजिकैको सामुद्रिक तटमा स्थानीय समय अनुसार बिहान ०६ बजेतिर दुर्घटना भएको हो । 

दुर्घटनाका बेला डुङ्गासँग ठोक्किएको ट्याङकरमा ३३६ टन इन्धन रहेको थियो । उक्त दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई विभिन्न अस्पतालमा उपचार गराइएको छ । 

बेपत्ता हुनेमा डुङ्गाका प्रमुख चालक पनि रहेको तट रक्षक सेनाले जनाएको छ । सबै यात्रुले ‘लाईफ ज्याकेट’ पहिरिएको भएपनि धेरै जना अति चिसोले कठाङ्ग्रीएको सोलको समाचार संस्थाले जनाएको छ । 

दक्षिण कोरियामा माछामार्ने डुङ्गा बेला बेलामा दुर्घटनामा पर्ने गर्दछ । आईतबार भएको यस दुर्घटना सन् २०१५ को सेक्टेम्बर पछिको सवैभन्दा ठूलो दुर्घटना हो । 

जेजुमा भएको त्यती बेलाको दुर्घटनामा परी १५ जनाको ज्यान गएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै