• २०८१ बैशाख ७ शुक्रबार

 नयाँ शक्ति प्रतिनिधिसभाका उम्मेदवार एमालेमा प्रवेश

kharibot

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमाले मा प्रवेश गरेका छन् । 

प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा एमाले मा औँपचारिक रुपमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

नयाँ शक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका सिंखडालाई एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले टीका र माला लगाएर पार्टी प्रवेश गराए । नेता नेपालले मुलुकको समृद्धि र विकासका लागि सम्पूर्ण कम्युनिष्ट एकताबद्ध हुनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै