• २०८१ बैशाख १२ बुधबार

इन्टरनेटमा किन धेरैले खोज्छन् सन्नी लियोनलाई ? सर्च लिष्टमा परिन् १ नम्बरमा

kharibot

मुम्बई । बलिउड नायिका सन्नी लियोन इन्टरनेटमा सबैभन्दा बढी खोजी गरिने नायिका बनेकी छिन् । सन् २०१७ मा उनी बलिउडका अन्य नायिकाभन्दा धेरै पटक सामाजिक सञ्जाल याहुमा सर्च गरिनेमा पहिलो भएकी हुन् ।

उनले बलिउडका त्रिनेत्रीको उपमा पाएका तीन चर्चित नायिकाहरु प्रियंका चोपडा, दीपिका पादुकोण र करिना कपुर खानलगायतलाई पछाडि पारेकी हुन् ।

यो सूचीमा क्याटरिना क्याफ, ईशा गुप्ता, दिशा पटनी र ममता कुलकर्णी लगायतको नाम पनि सामेल गरिएको थियो । यस्तै पुरुषहरुमा यसै वर्ष मृत्यु भएका विनोद खन्ना र दोस्रो नम्बरमा हास्य कलाकार कपिल शर्मालाई धेरै खोजी गर्ने गरिएको छ । यिनीहरुले सलमान खान र रजनीकान्तलाई समेत निकै पछाडि छोडिदिएका छन् ।  

इन्टरनेटको सर्च हिटलिष्टमा नम्बर वान भए पनि सन्नी लियोनको यसै वर्ष रिलिज भएको चलचित्र ‘तेरा इन्तजार’ भने खासै बजारमा चल्न सकेन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै