• २०८१ बैशाख ७ शुक्रबार

आउँदै छ ह्वाट्स एपको नयाँ टुल : 'ग्रुप च्याट'मा साथीलाई 'साइलेन्स' गर्न सकिने

kharibot

तस्बिर : एजेन्सी

प्रविधि । चर्चित च्याट सामाजिक सञ्जाल ह्वाट्स एपले नयाँ टुलको परीक्षण गरिरहेको छ । नयाँ टुलले ग्रुप च्याट गरिरहँदा आफ्नो म्यासेजमा रिप्लाई गर्न नमिल्ने तर हेर्न मात्र मिल्ने बनाउनसकिनेछ ।

ह्वाट्स एपको ग्रुप च्याटमा साथीहरुमाझ आफ्नो आवाज सुनाउन कठिन हुन्छ । तर नयाँ फिचरले भने तपाईंले भन्नखोजेको सन्देश साथीले जसरी नि सुन्नैपर्ने गरी बाध्य बनाउनेछ । यसलाई ह्वाट्स एपले रेष्ट्रिक्टेड ग्रुप्स नाम दिएको छ । जहाँ ग्रुप एडमिनले सन्देश पठाउनेछन् भने अरु ग्रुपका सदस्यले केवल पढ्न मात्र सक्नेछन् ।

यो ग्रुप्स फिचर आईओएस र एन्ड्रोइडका लागि ह्वाट्स एपको बेटा भर्सनहरुमा डब्ल्यूएबेटाइन्फोले ल्याएको हो । ग्रुपमा एडमिनिस्ट्रेटरले ग्रुपको च्याट फिचर डिसेबल (निष्क्रिय) गर्न सक्नेछ । यो भनेको ग्रुपमा सहभागीहरुले उनीहरुको म्यासेज, तस्बिर, भिडियो, जीआईएफ, अन्य सामग्री र आवाजहरु पोष्ट गर्न सक्नेछैनन् । यसका लागि च्याटमा एउटा नोटिफिकेसन देखिनेछ जसमा एडमिनले मात्रै ग्रुपमा सन्देश पठाउन सक्नेछ भनिएको हुनेछ ।

डब्ल्यूएबेटाइन्फोले एउटा ब्लगमा जनाएअनुसार एडमिनिस्ट्रेटरले च्याट फिचर डिसेबल गरेपछि उनीहरुले केवल अन्तक्र्रिया मात्रै गर्न सक्नेछन् आफू आफूमा भने यो एडमिनले अन्य सदस्यलाई आफूप्रति ध्यानाकर्षित गराउन, कुनै महत्वपूर्ण सूचना दिन चाहेको खण्डका लागि ल्याउनलागिएको नयाँ टुल हो ।

यदि त्यतिबेला कुनै एडमिन बाहेकले केही सन्देश दिन चाहे एडमिनसँग छुट्टै सम्पर्क गर्नुपर्नेछ, जसका लागि एडमिन बटन क्लिक गर्न सकिनेछ । यो टुल सधैँभरका लागि भने होइन ।

हरेक ७२ घण्टामा रेष्ट्रिक्टेट सेटिंग प्रयोग गर्न मिल्नेछ । यो फिचर अहिले परीक्षणकै क्रममा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै