• २०८१ बैशाख ७ शुक्रबार

कांग्रेस समानुपातिक उम्मेदवार खाणमाथि आक्रमण

kharibot

बुटवल । नेपाली कांग्रेसका महिला नेत्रृ तथा प्रतिनिधि सभाका समानुपातिक उमेद्वार मञ्जु खांणमाथि आक्रमण भएको छ ।

चुनावी अभियानका क्रममा सुदुरपश्चिम पुगेर फर्किने क्रममा उनीमाथि शनिबार राती दाङको भलुवाङमा आक्रमण गरिएको हो । केही युवाहरुको समुहले उहां चढेको मोटरमाथी अन्धाधुन्द लाठि र ढुङगा प्रहार गरेका थिए ।

जसबाट मोटरका सिसाहरु फुट्नुका साथै उहांलाई शरिरका विभिन्न भागमा चोट लागेको छ । उनि चढेको मोटरका चालकले कुशलता पुर्वक मोटर अगाडी बढाएका कारण थप क्षती हुन नपाएको प्रहरीले जनाएको छ । 

घटनापछि नेत्रृ खांणले विपक्षीहरु नेपाली कांग्रेसको जित निश्चित भएको देखेर अताल्लीदै आक्रमणमा उत्रिएको बताइन् ।

उनले घटना योजनावद्ध तरिका बाट भएको भन्दै आफु माथीको आक्रमण सिंगो कांग्रेसमाथीको आक्रमण भएको बताइन् । नेतृ खांणको टोली दाङको लमहीमा खान खाएपछि बुटवलतर्फ आउदै गर्दा केही युवाहरु पछि लागेको र जंगल क्षेत्रमा पुगेपछि आक्रमण गरेको बताईएको छ । 

नेपाली कांग्रेसको समानुपातिक उमेदवार रहनु भएकी खांण चुनाव प्रचार प्रसारका लागि सुदुरपश्चिम पुगेकी थिइन् । नेत्रृ खांण नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खांणकी श्रीमति समेत हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै