चितवनका ४१ हजार जनाले गरे स्वास्थ्य बीमा

खरीबोट

फाइल तस्बिर (इन्टरनेट) ।

चितवन । सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो । हालसम्म आठ हजार परिवारका ४१ हजारले बीमा गराएको जिल्ला प्रबन्धक सिर्जना पौडेलले बताइन् ।

अन्य जिल्लाको तुलनामा छोटो समयमा चितवनमा धेरैले बीमा गराएको पौडेलले बताए । जिल्लामा १ सय ३५ जना अभिकर्तामार्फत बीमा गराउने काम भइरहेको छ । पौडेलका अनुसार अभिकर्ताले एक महिनामा रु ५० हजारसम्म आम्दानी गरेका छन् । पाँचजनासम्मको परिवारलाई वार्षिक रु दुई हजार ५०० र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप गर्नुपर्ने हुन्छ ।

संकलित रकममध्ये अभिकर्ताले १० प्रतिशत पाउँछन् । बीमा गरेका परिवारले पाँचजनाको वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन । त्यसैगरी व्यक्ति थप भएमा प्रतिव्यक्ति रु १० हजारसम्मको बीमा रकम थपिने छ । जसमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ ।

जिल्लाको भरतपुर अस्पताल, दुई मेडिकल कलेज, बकुलहर अस्पताल रत्ननगर, गुञ्जमान सिंह अस्पताल टाँडी, बघौंडा अस्पताल माडी, शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा बिन्दु हुन् भने रिफर अस्पतालका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पताल रहेका छन् ।

थोरै रकमबाट ढुक्कसँग रु ५० हजारसम्मको उपचार पाउने भएपछि यसको आकर्षण बढेको हो ।

सम्बन्धित समाचार

जनतालाई बुझाउनै बाँकी छ स्वास्थ्य बीमा कार्यक्रम

सरकारले दुई वर्षअघि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बन्नेहरु क्रमिक रुपले बढिरहेका छन्् । नयाँ अवधारणासहित आएको यो कार्यक्रमबारे प्रस्ट हुन नसक्दा सुरुआती दिन जनतामा अलमल देखिएको थियो । जनतालाई

हराउँदै गएको चर्खाबाट आयआर्जन गर्दै महिला

 चितवन, चितवन पदमपुरका ६० वर्षीया वृद्धा सुखमाया तामाङ हातमा ऊनीको धागो च्यापेर आउनुभयो । तौलँदा दुई किलो १०० ग्राम भयो ।  चाउरी परेको अनुहारमा चमक देखिन्थ्यो । उहाँले भन्नुभयो – “अलेली

संसदमा स्वास्थ्य बीमा विधेयक प्रस्तुत

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ प्रस्तुत गरे  । विधेयक पेश गर्दै उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी एवम् सहज बनाउनका लागि सरकारले विधेयक प्रस्तुत गरेको जानकारी

चितवनका राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान

चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन शुरु गरिएको छ । यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन शुरु भएको राष्ट्रिय