• २०८१ बैशाख १४ शुक्रबार

दश खेलाडीमा सिमित म्यान्चेस्टर युनाइटेडद्वारा आर्सनल पराजित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ ।  आर्सनलको घरेलु मैदानमा भएको खेलमा युनाइटेड ३ – १ गोल अन्तरले विजयी भएको हो ।

युनाइटेडका लागि एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र नै २–० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेपनि युनाइटेडका लिनगार्डले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड जित सुनिस्चित भएको थियो ।

युनाइटेडका पाउल पोग्वाले खेलको ७४औं मिनेटमा रातो कार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको  थियो । यद्यपी आर्सनलले त्यसको फाइदा उठाउन सकेन ।

जितपछि १५ खेलबाट ३५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम रहेको छ भने १५ खेल नै खेलेको आर्सनको २८ अंक रहेको छ । पहिलो स्थामा रहेको म्यान सिटीको १४ खेलबाट ४० अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै