फुटबलर लियोनेल मेसीका दाजु पक्राउ 

खरीबोट

काठमाडौँ । स्टार फुटबलर लियोनेल मेसीका दाजु मटियास मेसी पक्राउ परेका छन् । 

उनको रगताम्य स्पिडबोटबाट पेस्तोल भेटिएपछि उनि अस्पातलबाट गिरफ्तार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । ३५ बर्षिय मटियास मेसीले प्रहरीलाई एक निजी फिसिंग क्लबमा बोट जुध्दा आफ्नो अनुहारमा चोट लागेको बताएका छन् । तर प्रहरीका अनुसार मटियास मेसीले चलाएको स्पिडबोटमा रगतै रगत देखिएको र बोटबाट हतियार भेटिएको छ ।

अहिले उनि गिरफ्तार भएको भएपनि अस्पतालमा उपचार गराइरहेको बताइएको छ । स्थानीय मिडियामा सार्वजनिक भएका तस्विरहरुमा रगताम्य भएको स्पिडबोट देखिएको छ । प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको स्थानीय मिडियाले उल्लेख गरेका छन ।

मटियास मेसी पटक पटक विवादमा आइरहेका छन् । यस अघि तीन महिना अघि पनि कार दुर्घटना गराएका थिए भने उनले ड्रग्स छोड्न जरिवाना पनि तिरेका थिए । त्यस्तै सन् २०१५ मा उनको गाडी रोक्न खोज्दा दुई प्रहरी घाइते भएका थिए ।

त्यस्तै सन् २०११ मा उनि घरमै भएको बेला एक मोटरसाइकल सवारले गोली हनेपानी उनि भाग्यवस बचेका थिए । त्यस्तै सन् २००८ मा पनि अवैध हतियार राखेको केसमा पक्राउ परेका थिए ।

मटियास लियोनेल मेसिका जेठा दुई दाजु मध्ये एक हुन् । मेसीका अर्का दाजु रोड्रीगो हुन् भने उनकी एक दिदि मरिसोल रहेकी छन् ।
 

सम्बन्धित समाचार

लाजिम्पाटका फार्मेसी सञ्चालक लागूऔषधसहित पक्राउ

काठमाडौँ । चिकित्सकको प्रेस्क्रिप्सनबिना नियन्त्रित मनोद्वीपक लागूऔषध नाइट्राजेपाम बिक्री गर्ने काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सन्देश फार्मेसीलाई नाइट्राजेपाम

मेसीको बेकहमको क्लबबाट खेल्ने इच्छा, बधाई दिदै भने केहिबर्ष पछि फोन गर्नु !

काठमाडौँ । लियोनेल मेसीले डेभिड बेकहमको क्लबबाट खेल्ने इच्छा व्यक्त गरेका छन् । अमेरिकाको मियामीमा बेकहमले नयाँ क्लबको घोषणा गरेसँगै उनलाई बधाई दिनेक्रममा मेसीले सो कुरा व्यक्त गरेका हुन् । बेकहमले

फ्री-किकबाट धेरै गोल गर्नेमा रोनाल्डोभन्दा मेसी अगाडी 

काठमाडौँ । विश्वफुटबलमा लियोनेल मेसी र क्रिष्टियानो रोनाल्डोको तुलना सधै हुने गर्दछ । दुवैमा को राम्रो भन्ने प्रश्नको उत्तर खोज्न संसारभरका फुटबल फ्यान विभाजित हुने गर्दछन ।  तर पछिल्लो समय मेसीको

बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल, स्वरेजले गरे लगातार ८ खेलमा गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।  गएराती भएको खेलमा लियोनेल मेसीले निर्णायक गोल गर्दै बार्सिलोनालाई जिताएका छन् ।  १-१ गोलको बराबरी रहेको