• २०८१ बैशाख ७ शुक्रबार

फुटबलर लियोनेल मेसीका दाजु पक्राउ 

kharibot

काठमाडौँ । स्टार फुटबलर लियोनेल मेसीका दाजु मटियास मेसी पक्राउ परेका छन् । 

उनको रगताम्य स्पिडबोटबाट पेस्तोल भेटिएपछि उनि अस्पातलबाट गिरफ्तार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । ३५ बर्षिय मटियास मेसीले प्रहरीलाई एक निजी फिसिंग क्लबमा बोट जुध्दा आफ्नो अनुहारमा चोट लागेको बताएका छन् । तर प्रहरीका अनुसार मटियास मेसीले चलाएको स्पिडबोटमा रगतै रगत देखिएको र बोटबाट हतियार भेटिएको छ ।

अहिले उनि गिरफ्तार भएको भएपनि अस्पतालमा उपचार गराइरहेको बताइएको छ । स्थानीय मिडियामा सार्वजनिक भएका तस्विरहरुमा रगताम्य भएको स्पिडबोट देखिएको छ । प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको स्थानीय मिडियाले उल्लेख गरेका छन ।

मटियास मेसी पटक पटक विवादमा आइरहेका छन् । यस अघि तीन महिना अघि पनि कार दुर्घटना गराएका थिए भने उनले ड्रग्स छोड्न जरिवाना पनि तिरेका थिए । त्यस्तै सन् २०१५ मा उनको गाडी रोक्न खोज्दा दुई प्रहरी घाइते भएका थिए ।

त्यस्तै सन् २०११ मा उनि घरमै भएको बेला एक मोटरसाइकल सवारले गोली हनेपानी उनि भाग्यवस बचेका थिए । त्यस्तै सन् २००८ मा पनि अवैध हतियार राखेको केसमा पक्राउ परेका थिए ।

मटियास लियोनेल मेसिका जेठा दुई दाजु मध्ये एक हुन् । मेसीका अर्का दाजु रोड्रीगो हुन् भने उनकी एक दिदि मरिसोल रहेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै