• २०८१ बैशाख १४ शुक्रबार

स्पेनिस ला लिगामा सेल्टासँग बार्सिलोना बराबरीमा रोकियो

kharibot


काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शिर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । 

शनिबार भएको खेलमा सेल्टा डि भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । सेल्टाले बार्सिलोनाविरुद्ध उत्कृष्ट खेल खेल्दै खेलको २०औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । सेल्टाका लागि लागो अस्पासले गोल गरेका थिए । सेल्टाको गोलको दोस्रो मिनेटमा नै लियोनेल मेसीले गोल गर्दै खेल १-१ गोलको बराबरी गरेका थिए । 

पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६२औ मिनेटमा लुइस स्वरेजको गोलबाट बार्सिलोनाले २-१ को अग्रता बनाए पनि सेल्टाले खेलको ७०औ मिनेटमाम्याक्सी गोमेजले गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए ।

यो बराबरीपछि बार्सिलोनाको १४ खेलमा ३६ अंक भएको छ । बार्सिलोना ला लिगामा लगातर दोस्रो पटक बराबरीमा रोकिएको छ । अघिल्लो साता भएको खेलमा भ्यालेन्सियासँग पनि १-१ गोलको बराबरीमा रोकिएको थियो । सेल्टा १४ खेलमा १८ अंक सहित लिगको आठौ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै