• २०८१ बैशाख ८ शनिबार

बाबा रामदेव टिभीपछि फिल्ममा आउदै 

kharibot

बाबा रामदेव, फाइल तस्विर

भारतका चर्चित योगगुरु बाबा रामदेव अब फिल्ममा आउने भएका छन् ।

बाबा रामदेवले नयाँ बन्न लागेको फिल्म ये है इंडियाको एक गीतमा अभिनय गर्न लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सइया सइया नाम गरेको सो गीतमा बाबा रामदेवले अभिनय गर्ने भएका हुन् ।

लोम हर्षद्वारा लिखित एवं निर्देशित यस फिल्ममा गेवी चाह्ल र डीयाना उप्पल प्रमुख भूमिकामा रहेका छन् । बाबा रामदेवले फिल्मको बारेमा बोल्दै यस फिल्ममा बदलिदो भारतको तस्विर प्रस्तुत गरिन् लागेको बताउदै धेरै सोचेर आफुले फिल्मलाई समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले देशबासीले पनि यस फिल्मलाई समर्थन गर्ने बताएका छन् ।

निर्देशक हर्षले पनि बाबा रामदेवलाई धन्यवाद दिदै यस फिल्मको लागि बाबा रामदेवको साथ् पाउनु ठुलो कुरा भएको बताएका छन् । फिल्म आगामी अगस्त १८ मा प्रदर्शनमा आउने बताइएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै