काठमाडौ । कृषि बिकास बैकको न्युरोड शाखाका कर्मचारी पक्राउ परेकाछन । श्रोतका अनुसार बैकको न्युरोड शाखाबाट नियमितरुपमा अन्तर शाखा कारोबार हिसाब पेंडीङ देखाई चोरी गरेको अभियोगमा लेखा समितीका दिपिका रेग्मी पक्राउ परेकी हुन ।
अन्तर शाखा कारोबार हिसाब पेंडीङ देखाई ४ करोड ९१ लाख रुपैयाँ भन्दा बढी रकम चोरेको अभियोग रेग्मी माथि रहेको छ । सोही अभियोगमा केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बुधबार पक्राउ गरेको हो ।
सिआईबीले गत मंसिर १३ गते बुधबार रेग्मीलाई पक्राउ गरेको भएपनि आन्तरिकरुपमा अनुसन्धान गरिहेको र संभवत मंसिर १६ गते अर्थात आज शनिवार रेग्मी पक्राउको घटना सार्वजनिक गर्ने तयारी गरिरहेको श्रोतको दावी छ ।