अन्दोलनरत आंशिक प्राध्यापकहरुद्वारा त्रिविका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी

खरीबोट

फाइल तस्विर

काठमाडौँ । अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले बिहीबार त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा  र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिए । बिहीबारदेखि आंशिक प्राध्यापकले पठनपाठन पनि बहिष्कार गरेको उनले बताए ।

वर्षौदेखि आंशिक रुपमा पढाइरहेका प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने लगायत माग राखेर आंशिक प्राध्यापकले १८ दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय बाहिर रिले अनुसन बसिरहेका छन् । यसैबिच नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकका मागमा ऐक्यबद्धता जनाएको छ ।

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आन्दोलनरत दुवै पक्षसँग वार्ता गरी तत्काल माग पूरा गर्न सरकारसँग माग गरेको सचिव रमेश सिलवालले जानकारी दिए ।

सम्बन्धित समाचार

आंशिक प्राध्यापकलाई करारमा राख्न र स्थायी गर्न माग

काठमाडौँ । नेपाल आंशिक प्राध्यापक संघले त्रिवि तथा सरकारसँग पटक पटक भएको सम्झौतानुसार त्रिविमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकलाई प्रक्रिया पुर्याएर करार तथा स्थायी गर्न माग गरेको छ ।  संघले आज यहाँ पत्रकार