सुर्खेतमा दुई सय ७४ एचआइभी संक्रमित

खरीबोट

सुर्खेत । जिल्लामा २७४ एचआइभी संक्रमितले एआरटीको औषधि सेवन गरिरहेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३४ नयाँ संक्रमित थपिएका छन् । विसं २०६५ यता ५५ एचआइभी संक्रमितको मृत्यु भएको कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठले जानकारी दिए । पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको उनले बताए ।

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा सर्छ । खासगरी यौन व्यवसायी तथा लागुऔषध लिने व्यक्ति बढी जोखिममा छन् । नियमित उपचार र औषधि सेवन गरेमा यसबाट बच्न सकिने श्रेष्ठले बताए ।

लामो समयदेखि एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको नवकिरण प्लसमा अहिलेसम्म ४११ संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितमध्ये धेरैजसो महिला छन् । संस्थामा आएकामध्ये २२१ महिला र १९० पुरुष सम्पर्कमा आएको नवकिरणकाका कार्यक्रम संयोजक देवेन्द्र शर्माले बताए । त्यसैगरी ३१ बालबालिका छन् । 

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको आर्थिक सहयोगमा बालबालिकाका लागि नगद वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । एचआइभी संक्रमित १८ वर्षमुनिका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक रु एक हजार दिँदै आएको शर्माले जानकारी दिए । 

सम्बन्धित समाचार

सुर्खेतमा दुई सय ७४ एचआइभी संक्रमित

सुर्खेत । जिल्लामा २७४ एचआइभी संक्रमितले एआरटीको औषधि सेवन गरिरहेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३४ नयाँ संक्रमित थपिएका छन् । विसं २०६५ यता ५५ एचआइभी संक्रमितको मृत्यु भएको कार्यालयका सूचना अधिकारी

एचआइभी संक्रमित भन्छन् : आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ

रामपुर । रिब्दीकोट गाउँपालिका–७ का ४० वर्षीय लक्ष्मी कुँवर एचआइभी संक्रमित हुनुहुन्छ । ‘आफू बचौँ  र अरुलाई पनि बचाऔँ’ भन्ने अभियानमा उनी जुटेका छन् ।  आफू एचआइभी संक्रमित भएको कुरा उनले

एचआइभी संक्रमितको संख्या घट्दै

बनियानी, झापा ।  झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ ।  जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य

एचआईभी संक्रमित आमाबाट ८ बच्चा पुर्णरुपमा स्वस्थ जन्मिए

रुपन्देही । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एचआईभी संक्रमित आमाबाट ८ जना  पुर्णरुपमा स्वस्थ बच्चा जन्मिएका छन ।  एचआईभी संक्रमित आमाबाट चिकित्सकको पुर्ण निगरानीमा उचार गरेमा पुर्णरुपमा स्वथ्य बच्चा  जन्मिएका छन