गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

खरीबोट

फाइल तस्विर

गोरखा ।  उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । 

सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताए । 

बोलीचालीको गुरुङ भाषाका शब्द संकलन गरिसकिएको छ । एउटै शब्दलाई टोलपिच्छे फरकफरक शब्दले बोलिने भएकाले सबै शब्द संकलन गरिएका हुन् । गुरुङ भाषा पाठ्यक्रम तयार गर्न ११ सदस्यीय समिति गठन भएको छ । समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार पाठ्यपुस्तकको खेस्रा तयार भइसकेको छ । 

“आउँदो शैक्षिक सत्रमा कक्षा १, अर्को वर्ष कक्षा २ गर्दै माध्यमिक तहसम्म गुरुङ भाषाबाट पठनपाठनको व्यवस्था मिलाउँछौँ” गुरुङले भन्नुभयो । बारपाक, लाप्राक, उहिया, गुम्दा, लापु, सिर्दिबास, स्वाँरा र सौरपानी, घ्याच्चोक, केरौंजा गाउँका गुरुङ समुदाय गुरुङ भाषाको पाठ्यपुस्तक बनाउन जुटेका छन् । 

स्थानीय भाषामा पाठ्यक्रम तयार गरी पठनपाठन गर्न संविधानले नै अधिकार दिएको छ । उत्तरी गोरखामा बोलिने भाषालाई घले समुदायले आफ्नो घले भाषाको संज्ञा दिने र गुरुङ समुदायले गुरुङ भाषाको संज्ञा दिने गर्छन् । 

उत्तरी गोरखामा बोलिने तमु भाषा भनिनुपर्ने घले समुदाय बताउँछन् । उत्तरी गोरखा तमु समाजले पाठ्यक्रम निर्माणको अगुवाइ गरेको छ । 

सम्बन्धित समाचार

जिसस गोरखामा काँग्रेसको मात्रै उम्मेदवारी

गोरखा, आगामी साउन २० गते हुने जिल्ला समन्वय समिति, गोरखाको निर्वाचनका लागि नेपाली काँग्रेसले मात्रै मनोनयन दर्ता गराएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर काँग्रेसका तर्फबाट सभापति पदका

चुल्होचौको छाडेर पुनःनिर्माणमा होमिए एकल महिला

गोरखा, श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने (डकर्मी) काममा सक्रिय हुन थालेकी छन् । श्रीमान्, श्रीमतीको कमाइले

गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

गोरखा ।  उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।  सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो

गोरखामा पहिलो पटक देखियो स्वाइनफ्लु, पाँच जना संक्रमित भएको पुष्टि

गोरखा ।  गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य