चारवर्षमा क्यान्सर रोगीको संख्या अढाइ गुणा बढी

खरीबोट

बनियानी (झापा) । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । 

जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । 

त्यस्तै, आव २०६९÷०७० मा ९२ जना र आव २०७०÷०७१ मा २८३ जनालाई क्यान्सर रोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले प्रमाणसहित आएका सबै क्यान्सर रोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरिएको बताए । 

यस्तै, कार्यालयले गत आव २०७३÷०७४ मा ६६५ जना दीर्घरोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरेको छ, जसमा क्यान्सरका ३१२ जना, मुटुका १९५, मिर्गौलाका १४२, स्पाइनल इन्जुरी छ, पार्किन्सन्स् चार, हेड इन्जुरीका पाँच र सिकलसेल एनिमियाका एकजना बिरामी रहेको कार्यालयका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए । 

मेची अञ्चल अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरले पछिल्लो समयमा सुर्तीजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण बन्दै गएको बताए । “हामीले खाने खानामा विषादी त छँदैछ”, उनले भने, “त्यसमाथि चुरोट, गुट्खा, खैनी थपिएपछि रोग त लाग्ने नै भयो ।” 

खानपानमा सुधार गरेर नियमित व्यायाम गरे जटिल तथा दीर्घरोगबाट बच्न सकिने उनले सुझाए । “स्वास्थ्य नै प्रमुख हुने भएकाले स्वास्थ्यलाई ध्यानमा राखेर दैनिक जीवन सञ्चालन गर्नुपर्छ”, उनले भने, “खानेकुराले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आफूले खाने खानाको फाइदा–बेफाइदाबारे बुझेमात्र पनि पुग्छ, अरु केही गर्नुपर्दैन ।” 

सरकारले आर्थिक अभावका कारण कुनै पनि नागरिकको मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर, मुटुरोग, मिर्गौला, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका जटिल रोगको निःशुल्क उपचारको घोषणा गरेको छ । सोहीअनुरुप जिल्ला जनस्वास्थ्य कार्यालयले त्यस्ता बिरामीको उपचारका लागि सिफारिश गर्दै आएको छ । 

सम्बन्धित समाचार

कसरी हुन्छ स्तन क्यान्सर ? यस्ता छन् हालै पत्ता लागेका नयाँ कारणहरु

उत्तर अमेरिका । स्तन क्यान्सर कसरी हुन्छ भन्ने बारे विश्वव्यापी रुपमा गरिएको अध्ययनले विभिन्न तथ्यहरु पत्ता लगाएको छ । विभिन्न खाले म्युटेसनका कारण स्तन क्यान्सर हुने गरेको नयाँ तथ्यले पत्ता

क्यान्सर अस्पतालमा ८० शैया थपिने

चितवन। बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० शैया थप गरिने भएको छ ।  विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको

शिशु नजन्माएका महिलामा डिम्बाशयको अर्बुद हुने उच्च सम्भावना

काठमाडौँ । विभिन्न प्रकारका अर्बुदमध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ । वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इंका अनुसार विश्वको पाँचौँ र नेपालमा चौथो नंमा डिम्बाशयको अर्बुद

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

काठमाडौँ। कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताइन् ।  नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’