चीनमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

खरीबोट

चेङ्डु (चीन) । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढी रहेको छ । 

यो समाचार तयार पार्दा सम्म कम्तीमा १९ जनाको मृत्यु भएको र अरु २४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते मध्ये ४० जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा उल्लेख छ । 

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी मङ्गलबार राती सात म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अधिकारीहरुले बुधबार बताएका छन् । 

स्थानीय समयानुसार मङ्गलबार साँझ ९ः१९ बजे आएको भूकम्पको केन्द्रविन्दु जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको भूकम्प सम्वन्धी चिनिया निकायले जनाइएको छ । 

गए रातिदेखि २४ घन्टायता दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ । 

यस भूकम्पबाट भएको मानवीय र तथा भौतिक क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । यसअघि आएको ७.० म्यानिच्युडको भूकम्पमा परी स्थानीय समायानुसार बुधबार विहान ९ः३० सम्म दुई विदेशीसहित १७७ व्यक्ति घाइते भएका छन् । 

घाइते भएका विदेशीहरुमा एक फ्रान्सेली पुरुष र अर्का एक क्यानाडाली महिला रहेका छन । फ्रान्सेली पुरुषको दुइवटा नै खुट्टा भाँचिएको र अर्का क्यानाडाली महिलाको भने टाउकोमा सामान्य रुपमा चोट लागेको समाचारमा जनाइएको छ । 

घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ । 

सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलौ चुस्त रुपमा काम गर्न निर्देशन दिएको छ । सोही बमोजिम उद्वारको कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

चिनियाँ नेताहरुले पुरिएकाहरुलाई बाहिर निकाल्न र उद्धार तथा राहतमा लाग्न सवैलाई आह्वान गरेका छन् । स्थलमार्ग तथा हवाई मार्ग मार्फत् सेनाले उद्धार कार्य जारी राखेको प्रान्तीय सरकारले जनाएको छ । 

सरकारी अधिकारीहरुका अनुसार १२ सय ८५ जना सैनिक, ९० ओटा सवारी साधन र ९ ओटा विमान उद्धार तथा राहतका लागि खटिएका छन् । 

घाइते भएर अस्पताल लगिएका मध्ये केही सामान्य घाइतेहरु प्राथमिक उपचार पछि आफ्नो घर फर्किएका छन् । उद्धारकर्ताहरुले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरेका छन् । 

सम्बन्धित समाचार

घडेरी खरिदका लागि रु दुई लाख माग्न एकमात्र निवेदन

नुवाकोट,  भूकम्प प्रभावित लाभग्राही सूचीमा परेका तर, जग्गा नभएका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिने सरकारको निर्णय भएपनि नुवाकोटमा त्यसको आकर्षण निकै कम देखिएको छ । भूमिहिन

चीनमा शक्तिशाली भूकम्प

चीनको सिचुआन प्रान्तदेखि ६६ किलोमिटर पर रहेको योङ्लेमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बेलुका ९ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । ६.५ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु वाङ्लेबाट ३६

चीनमा भूकम्प, ७ जनाको मृत्यु, कैयौं घाइते 

काठमाडौँ । मंगलबार साँझ चीनमा आएको शक्तिशाली भूकम्पमा परी ७ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार अहिलेसम्म ७ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको जनाएको

चीनमा ७ म्याग्निच्युटको भूकम्प, १३ को मृत्यु, १ सय ७५ जना घाइते

बेएजिङ  । चीनको सिचुवान प्रान्तमा गएको ७.० म्याग्च्यिुडको भूकम्पमा परी कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अन्य १ सय ७५ जना घाइते भएका छन् । दक्षिणपश्चिम