• २०८१ बैशाख ८ शनिबार

अबको १० वर्षभित्र विद्युतीय प्लेन उडाउन कस्सिए युरोपका ठूला तीन कम्पनी

kharibot

तस्बिर : CNN

उत्तर अमेरिका / युरोप - युरोपेली उत्पादकहरुले हाइब्रिड विद्युतीय हवाइजहाजको परीक्षण उत्पादन गर्ने भएका छन् । एयरबस (ईएडीएसएफ), रोल्स रोयस (आरवाईसीईएफ) र साइमन्स (एसआईईजीवाई) ले अत्याधुनिक व्यावसायिक विद्युतीय प्लेन सन् २०२० सम्म परीक्षण गरिसक्ने गत मंगलबार बताएका हुन् ।

उनीहरुले प्रोजेक्टको नाम ई—फ्यान एक्स दिएका छन् । उनीहरुका अनुसार उक्त प्लेन एक सय सिटयुक्त बीएई१४६ रिजनल एयरक्राफ्ट हुनेछ । यदि उनीहरुको यो परियोजना सफल भए सन् २०२५ को सुरुमै प्लेन बजारमा आउनेछ । उनीहरुले दुई मेगावाट इलेक्ट्रिक मोटर प्रयोग गरेर चार इन्जिनयुक्त प्लेन निर्माण गर्नेछन् । यदि यो सफल भए इन्धन भरेर उड्नुपर्ने परम्परागत बाध्यतालाई इलेक्ट्रिक मोटरले विस्थापन गर्नेछ ।

तीन कम्पनीमध्ये एयरबसले इन्जिन र उडान नियन्त्रणको, रोल्स रोयसले टर्बो शाफ्ट इन्जिनको विकास र दुई मेगावाटयुक्त जेनेरेटर र पावर इलेक्ट्रोनिक्स तथा साइमन्सले पावर डिष्ट्रिब्युसन नेटवर्कको निर्माण दायित्व बाँडफाँट गरिएको छ । युरोपका यी तीन कम्पनीमात्रै होइन, इजि जेटले पनि गत सेप्टेम्बरमै अमेरिकासँग सहकार्य गरेर पूर्ण विद्युतीय विमान निर्माण गर्ने घोषणा गरिसकेको छ ।

त्यस्तै बोइंग र ब्ल्युजेटले पनि जुनुम नामको कम्प्युटर इलेक्ट्रिक एयरक्राफ्ट निर्माणमा सहकार्य गर्ने खुलाइसकेका छन् । उक्त प्लेन २०२२ सम्म आकाशमा उडान भर्न सक्नेछ । तर तीन कम्पनीको तुलनामा उक्त कम्पनीहरुमा अनुभवको कमी भने देखिने बताइएको छ ।

व्यावसायिक प्लेनबाट २ प्रतिशत कार्बन उत्सर्जन हुन्छ, जसले जलवायु परिवर्तनमा भूमिका खेल्छ ।

सीएनएनबाट ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै