राजपाले राजेन्द्र महतोलाई जिताउन जनकपुरमा शनिबार चुनावी सभा गर्ने

खरीबोट

फाइल तस्बिर

जनकपुर ।  राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको मधेशी गठबन्धले भोली जनकपुरमा बृहत चुनावी जनसभा आयोजना गर्ने भएको छ ।

जनकपुरको फुलगामामा हुने चुनावीसभालाई राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित धनुषा—३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेशी गठबन्धनले यसअघि गत शनिवार सप्तरीको राजविराजमा संयुक्त चुनावी सभा गरेको थियो । राजपा नेपालका धनुषा संयोजक संजय सिंहले जनकपुरमा संयुक्त सभाका लागि सबै आवश्यक तयारी पुरा भईसकेको जानकारी दिंदै विशाल सभाले स्थानीय जनता र मतदातामा मात्र नभएर सम्पूर्ण मधेशमा यसको असर पर्ने दाबी गरे ।

संयुक्त जनसभामा राजपा र फोरमका चार वटै क्षेत्रका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागिता हुने जिल्ला संयोजक सिंहले बताए । फुलगामामा हुने सभामा १० हजार समर्थक ल्याउने दाबी आयोजकले गरेको छ ।

धनुषा—३ नम्बर क्षेत्रबाट उम्मेदवार रहेका राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको पक्षमा मधेशी गठबन्धनले चुनावी सभा गर्न लागेको हो ।

सम्बन्धित समाचार

वाम सरकारमा राजपा सहभागी नहुने

भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् ।  रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले वाम गठनबन्धनसँग सरकार गठनका

सञ्चारमाध्यमले उचालेको भरमा भारतले सीमा मिच्यो भन्नु गलत : राजेन्द्र महतो

भक्तपुर । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महत्तोले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले नेपाली सञ्चारमाध्यमले उचालेको भरमा

संविधान संशोधन नभए पुनः सडक आन्दोलनः राजेन्द्र महतो

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिए  ।  मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले आज राजविराजमा आयोजना गरेको शहीद परिवारलाई

बिमलेन्द्र निधिलाई हराउदै राजपाका राजेन्द्र महतो विजयी 

काठमाडौँ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो विजयी भएका छन् ।   महतोले कांग्रेसका नेता बिमलेन्द्र निधिलाई पराजित गरेका छन् । महतोले निधिलाई