• २०८१ बैशाख ४ मंगलबार

नयाँ शक्तिका प्रदेससभा उम्मेदवार नेपाली काँग्रेसमा प्रवेश 

kharibot

दाङ । नयाँ शक्ति नेपालको तर्फबाट  प्रदेशसभाको उम्मेदवारी दिएका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा नयाँ शक्ति नेपालको तर्फबाट  प्रदेशसभाको उम्मेदवार रहेका रुद्रबहादुर केसी शुक्रबार नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा केसीसहित नयाँ शक्ति पार्टी नेपालको सम्पूर्ण क्षेत्रीय कमिटी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिइएको छ । नेपाली कांग्रेसका ३ (२) का प्रदेशसभा उम्मेदवार बुद्धिराम भण्डारीलाई विजयी गराउन आफू नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेको केसीले बताएका छन् ।

केसीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक गिरी, श्रम तथा रोजगार राज्य मन्त्री तथा ३ (१)का प्रदेशसभाका उम्मेदवार डिल्लीबहादुर चौधरी, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का लगायतका नेताले अबिर र माला लगाएर पार्टीमा भित्र्याएका थिए ।

यसअघि मंसिर १२ गते नयाँ शक्ति पार्टीका जिल्ला संयोजक तथा निर्वाचन क्षेत्र नं. ३ (१)का उम्मेदवार नेत्रलाल भट्टराई (नारायण) पनि कांग्रेसमा पार्टी प्रवेश गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै