विश्वकप फुटबलको ड्र आज मस्कोमा हुदै, यसरी हुन्छ ड्र 

खरीबोट
ad

काठमाडौँ । आगामी वर्ष रसियामा हुने फिफा विश्वकप फुटबलको ड्र आज (शुक्रबार) साँझ मस्कोमा सार्वजनिक हुँदैछ । 

नेपाली समय अनुसार आज साँझ ८ बजे सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१औँ विश्वकपको ड्र सार्वजनिक हुँदैछ ।

विश्वकप फुटबलमा सहभागी ३२ टिमको टुंगो लागेको छ । यस विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क छनौट भएका छन् ।

त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया र पेरु छनौट भएका छन् । एशियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया छानिएका छन् । त्यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा विश्वकपमा छनौट भएका छन् ।

अफ्रीकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को र ट्युनिसिया छनौट भएका छन् ।

कसरी हुन्छ विश्वकपको ड्र ?

फिफाका अनुसार ड्रमा ३२ टिमलाई ८ समुहमा विभाजन गरिने छ ।

फिफाको हालको वरियता अनुसार शिर्ष वरियताका ७ टिम र आयोजक रसियालाई एउटा पटमा राखिने छ । त्यसपछिका वरियताका ८ टिमलाई अर्को पटमा राखिने छ । यसै गरी ३२ टिमलाई ४ पटमा विभाजन गरिने छ । यसरी हरेक समुहमा चार टिम छानिने छ । रसिया आयोजक भएको हिसाबले समुह ए मा रहने फिफाले जनाएको छ । त्यस्तै हालको वरियता अनुसार आयोजक रसियासहित जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्सलाई एक पटमा राखिने भएको छ । यसबाट शिर्ष वरियताका यी टिमहरु एउटा समुहमा नपर्ने निश्चित भएको छ । 

हरेक समुहका टिमहरु एक अर्कासँग खेले पछि शिर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्ने फिफाले जनाएको छ ।

कहिले हुदै छ विश्वकप फुटबल ?

रसियामा हुने फिफा विश्वकप आगामी जुन १४ विहिबार देखि सुरु हुने छ । आयोजक रसियाले पहिलो खेल खेल्ने छ । विश्वकपको फाइनल खेल जुलाई १५ आइतबार मस्कोमा हुने छ । 

सम्बन्धित समाचार

विश्वकप प्रिभ्यु : इङल्याण्ड, बेल्जियम र स्विडेनको भाग्य परीक्षा, पानामा बन्ला त जाइन्ट किलर !    

काठमाडौ । विश्वकप फुटबल अन्तर्गत समुह एफको स्विडेन र दक्षिण कोरियाबीच आज खेल हुदैछ । नेपाली समय अनुसार आज साँझ ५:४५ बजे यी दुई देशबीच खेल हुने छ । त्यस्तै समुह

विश्वकपमा ब्राजिलको मध्यम सुरुवात, स्विटजरल्याण्डले बराबरीमा रोक्यो 

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह इ अन्तर्गत ब्राजिल र स्विटजरल्याण्डबीचको खेल बराबरीमा सकिएको छ ।  आइतबार राति भएको खेलमा ब्राजिल र स्विटजरल्याण्ड १-१ गोलको बराबरी खेलेका हुन् । ब्राजिलका लागि

डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग पराजित, हिर्भीङ लोजानोले गरे गोल  

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह एफ मा मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको छ । आइतबार भएको खेलमा मेक्सिकोले जर्मनीलाई १-० गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोले जर्मनीलाई १९८५

सर्बियाद्वारा कोष्टारिका पराजित, कोलारोभले गरे फ्री-किक मार्फत गोल

काठमाडौँ । विश्वकप फुटबल अर्न्तगत आइतबार भएको खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । समुह इ अन्तर्गत आइतबार भएको खेलमा सर्बियाले १-० गोल अन्तरले पराजित गरेको हो । सर्बियाको जितमा खेलको