• २०८१ बैशाख ७ शुक्रबार

युरोपेली सङ्घद्वारा विद्यालय क्षेत्र विकास योजनाका लागि सात अर्बको अनुदान सहयोग

kharibot

फाइल तस्विर

काठमाडौँ ।  युरोपेली सङ्घले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु सात अर्ब ३६ करोड ८० अनुदानस्वरुप प्रदान गर्ने भएको छ । 

आगामी पाँच वर्षका लागि प्राप्त हुने उक्त अनुदान रकम शिक्षा क्षेत्रको व्यवस्थापन र सेवा प्रवाहमा सुधारका निम्ति आवश्यक पर्ने प्राविधिक एवं अन्य आवश्यकता परिपूर्तिमा उपयोग हुनेछ । 

अनुदानसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले हस्ताक्षर गरे । 

त्यस अवसरमा राजदूत टिरिङले नेपालको सामाजिक एवं आर्थिक विकासका साथै गरिबी घटाउन युरोपेली सङ्घको सहयोग महत्वपूर्ण रहेको बताउँदै प्राप्त अनुदानबाट नेपाली युवा पुस्ताको शिक्षामा पहुँच वृद्धि हुने विश्वास व्यक्त गरे । 

सचिव सुवेदीले सङ्घबाट निरन्तर प्राप्त सहायताका निम्ति आभार प्रकट गर्दै भविष्यमा पनि सहयोग जारी रहने आशा व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै