• २०८१ बैशाख ६ बिहीबार

कांग्रेसद्वारा अस्थायी शिक्षकका लागि पास भए जागिर र फेल भए गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्न माग  

kharibot

फाइल तस्विर

काठमाडौँ । नेपाली कांग्रेसले हाल आन्दोलनरत अस्थाई शिक्षकहरुलाई स्थायी गर्न शिक्षा सेवा आयोगले लिने परिक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै यसबाट लामो समयदेखि अस्थायी रुपमा कार्यरत शिक्षकहरुलाई स्थायी हुने अवसरका साथै माग बमोजिम शिक्षकहरुलाई गोल्डेन ह्याण्डसेकबाट न्याय प्राप्त कांग्रेसको विश्वास रहेको जनाएको छ । 

त्यस्तै आजको बैठकमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट खडा गरिने उम्मेदवार चयनको प्रकृयाका सम्बन्धमा श्रावण २९ गते भित्र निर्णयको प्रतिलिपी सहित उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं. २ का ८ वटै जिल्ला पार्टी निकायहरुलाई निर्देश गर्ने निर्णय गरेको छ । 

आजको बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू र एन.पी.साउँदले आ–आफ्नो धारणा राखेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै