• २०८१ बैशाख १३ बिहीबार

न्यायाधीशकै अगाडि पूर्वकमाण्डरले गरे विष पिएर आत्महत्या !

kharibot

युरोप । एक जना बोस्नियन युद्ध प्रमुखले अदालतमा बहस हुँदाहुँदै खल्तीबाट विष निकालेर पिई आत्महत्या गरेका छन् । ७२ वर्षका स्लोबोडान प्राल्जाकले आफू अपराधी नभएको बताउँदै आफूले लगाएको कोटबाट सानो विषको बोटल निकाली विष पिएका हुन् ।

युद्धका बेला अपराध गरेको अभियोगमा २० वर्षको सजाय पाएपछि त्यसविरुद्ध अदालतमा अपिल गरेका प्राल्जाकले नेदरल्याण्डस्थिति इन्टरनेशनल क्रिमिनल ट्रिब्युनलमा अपिल खारेज हुनासाथ विष पिएका थिए । उनले तत्काल नै मैले भर्खरै विष पिएँ, म अपराधी होइन भन्दै आफूविरुद्धको सजायको विरोध गरेका थिए । उनी छ जना क्रोएसियाली राजनीतिज्ञमध्ये एक हुन्, जसले सन् १९९०को प्रारम्भमा बोस्नियास्थिति एक मिनिस्टेटमा मुस्लिम धपाउन क्याम्पेन चलाएको आरोपमा जेल सजाय पाएका थिए ।

सुनुवाइकै क्रममा यस्तो घटना भएको हो । पछि एम्बुलेन्सले उनलाई अस्पताल लगे पनि उनी बच्न सकेनन् । क्रोएसियाको राष्ट्रिय टेलिभिजनले उनको मृत्युको पुष्टि गरेको थियो । पछि क्रोएसियाली प्रधानमन्त्रीले उनको मृत्यु पुष्टि गरेका थिए । यसबारे डच प्रहरीले अनुसन्धान थालेको छ । खासगरी अदालतभित्र हत्कडीयुक्त व्यक्तिले कसरी विष पाए भन्ने रहस्यमय रहेको छ । उनले सन् २०१३ मा २० वर्षे काराबासको सजाय पाएका थिए ।

बोस्नियन क्रोएट्स र मुस्लिमले सर्व्सविरुद्ध सँगै लडे पनि ९० को दशकमा उनीहरु एकआपसमै ११ महिना लामो युद्ध लडेका थिए । त्यतिखेर प्राल्जाक क्रोएसियन आर्मीको जनरल थिए ।

उनले बोस्नियन क्रोएट्स फोर्सको नेतृत्व गरेका थिए । त्यतिखेर प्राल्जाक नेतृत्वको फौजले क्रोएसियन रिपब्लिक अफ हर्ज बोस्निया स्थापना गर्ने प्रयास गरिरहेका थिए । हर्ज बोस्निया सन् १९९३ मा घोषणा गरिएको थियो । तर सन् १९९४ को शान्तिसम्झौतापछि यो फेडेरेसन फ बोस्निया एण्ड हर्जगोभिनाको नामले चिनिँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै